६ महिनापछि आजदेखि आन्तरिक उडान, नेपाल एयरलाइन्सले गर्‍यो पहिलो उडान | Khabarhub Khabarhub

६ महिनापछि आजदेखि आन्तरिक उडान, नेपाल एयरलाइन्सले गर्‍यो पहिलो उडान


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको महामारीले बन्द भएका आन्तरिक उडान आजबाट फेरि सुरू भएका छन् ।

सरकारले ९ चैतदेखि बन्द गरेको आन्तरिक उडान आज सुरू भएको हो ।

नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार आज बिहान ७ बजेर ४३ मिनेटमा नेपाल एयरलाइन्सले काठमाडौँबाट भोजपुर उडान गरेको छ ।

उक्त उडानबाट १६ जना यात्रुले सेवा लिएका छन् । त्यसअघि आजै समिट एयरले काठमाडौँबाट लुक्काका लागि चार्टर उडान गरेको उनले जनाए । ९ यात्रुसहित समिट एयर बिहान ७ बजेर ४० मिनेटमा उडेको उनले बताए ।

आन्तरिक उडान खुलेसँगै विभिन्न हवाई कम्पनीले आज ५३ देखि ५५ वटासम्म उडान गर्न लागेको प्रवक्ता क्षेत्रीले बताए ।

शुरुमा सामान्य अवस्थाको २५ प्रतिशत मात्रै उडान हुने निर्णय बमोजिम दैनिक ३६-४० नियमित उडान र बाँकी चार्टर हुने उनले बताए ।

उडान सुरू भएसँगै त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलतर्फ पनि चलहपहल बढेको छ ।

यात्रुले सुरक्षा सतर्कताको प्रकिया अपनाउँदा कम्तिमा १ घण्टाको समय गुजार्नु पर्ने भएकले कम्तिमा २ घण्टाअघि नै एयरपोर्ट पुग्न आह्वान गरिएको छ ।

विमानस्थलभित्र कम्तीमा १ मिटरको भौतिक दूरी कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । इ–टिकेटबाट मात्रै चेकइन हुनेछ । सबै यात्रुका लागि विमानस्थलमा दोहोरो तापक्रम चेकजाँच र स्यानिटाइजरको व्यवस्था गरिएको छ ।

आन्तरिक उडान गर्ने बिमान कम्पनीहरुको संस्था वायुसेवा सञ्चालक संघले पूरा यात्रु राखेर उडान गर्न पाउनु पर्ने माग राखेपछ सरकारले गत शुक्रबार पूरै यात्रु राख्न दिने अनुमति दिएको थियो ।

सो लगत्तै विमान कम्पनीहरूले टिकट बुकिङ खुला गरेका थिए । अहिलेसम्म टिकट बुकिङ सन्तोषजनक नै रहेको बायु सेवा सञ्चालकहरूले जनाएका छन् ।

पूरै सिट क्षमतामा यात्रु राख्न पाइने भएपछि पूरानै भाडादरमा उडान भएका छन् । महामारीको समयमा आर्थिक गतिविधि चलायमान नहुँदा यसले यात्रुलाई राहत मिल्ने संघका प्रवक्ता योगराज कँडेलले बताए ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ८ : ०२ बजे

रोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई

काठमाडौँ– क्रिस्टियानो रोनाल्डोले इटालियन फुटबल क्लब युभेन्टसविरुद्धको कानुनी लडाई जितेका

सुनको मूल्य घट्याे, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल

सवारी दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते

कास्की– पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा आठजना चिनियाँ पर्यटक

सुदूरपश्चिममा सरकारमा दाबी गर्न दिएको समय आज सकिँदै

धनगढी– सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले नयाँ मुख्यमन्त्री दाबी

लगानी सम्मेलन : हात्ती आयो फुस्सा !

काठमाडौं– सरकारले आगामी वैशाख १६ र १७ गते ‘नेपाल इन्भेष्टमेन्ट