सामाजिक कार्यमा सक्रिय बन्दै पल शाह | Khabarhub Khabarhub

सामाजिक कार्यमा सक्रिय बन्दै पल शाह


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय मोडल तथा कलाकार पल शाह फिल्ममा भन्दा बढी म्युजिक भिडियोमा देखिएका छन् । म्युजिक भिडियोमा उनको राम्रो माग छ ।

पलले अभिनय गरेका म्युजिक भिडियोहरुले चर्चा पनि कमाउने गर्छन् । अर्कातिर म्युजिक भिडियोबाट छोटो समयमै राम्रै आम्दानी हुने भएकाले पनि कलाकारहरु यतातिर होमिने गर्छन् ।

आजभोलि भने पल शाह सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय बनेका छन् ।

लकडाउन शुरु भएसँगै पलले समस्यामा परेका चलचित्र प्राविधिकहरुको सहयोगार्थ रुपैयाँ ५ लाख दिएका थिए । प्राविधिक समस्यामा परेका बेला उनले गरेको सहयोगले राहत पुगेको थियो ।

यसैबीच पल यतिबेला कालीकोटतिर लागेका छन् । उनले सामाजिक सञ्जालमार्फत ‘यात्रा कालीकोटको’ भन्दै तस्वीर शेयर गरेका छन् ।

उनी कालीकोट कुनै म्युजिक भिडियोको छायांकनका लागि नभएर यसै साता गएको बाढी र पहिरोपीडितलाई राहत बाँड्न जान लागेका हुन् ।

उनी आफूले दर्ता गराएको पल शाह प्रतिष्ठान र हाम्रो टिम नेपालको सहकार्यमा राहत बाँड्न जान लागेका हुन् ।

पलले बाढीपहिरोले समस्यामा पारेका ४० घरलाई लत्ताकपडा र खाद्यान्न सामग्री वितरण गर्ने बताएका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  १२ : ०४ बजे

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका- १, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

युद्धका लागि उमेर पुगेका नागरिकलाई युक्रेनले स्वदेश फिर्ता बोलाउने

युक्रेन – सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश