दुर्गेशले ल्याए 'आलुजस्तो गायक' | Khabarhub Khabarhub

दुर्गेशले ल्याए ‘आलुजस्तो गायक’


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मोडल तथा गायक दुर्गेश थापाले नयाँ गीत सार्वजनिक गरेका छन् । हालै एक अन्तर्वार्ताका क्रममा गीत गुनगुनाउँदा ट्रोलको शिकार भएका दुर्गेशले सोही घटनामा आधारित गीत प्रस्तुत गरेका हुन् ।

केही समयअघि ऋषि धमलालाई अन्तर्वार्ता दिने क्रममा दुर्गेशले नारायणगोपालको गीत भन्दै भक्तराज आचार्यको गीत गाएका थिए ।

त्यसपघि दुर्गेश सामाजिक सञ्जालमा ट्रोल बनेका थिए । कतिले उनलाई ‘अटो ट्युनर’ गायक भएको भन्दै आलोचना गरे ।

यसबाट ट्रोलको शिकार भएका दुर्गेशले ‘आलुजस्तो गायक’ बोलको गीत बजारमा ल्याएका हुन् । उनले गीतमा आफू कसरी गायक बने भन्ने कथा प्रस्तुत गरेका छन् । गीतका शब्द र संगीत सिर्जना बसन्त थापाले गरेका हुन् ।

गीतसँगै सार्वजनिक गरिएको भिडियोमा शिव विकको निर्देशन रहेको छ भने अर्जुन तिवारीको छायांकन रहेको छ ।

भिडियोमा दुर्गेशका साथै पल शाह, सरिता केसी र पुष्प खड्कालाई पनि देख्न सकिन्छ ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  १० : ५६ बजे

कुम्भमेलामा १० दिनमा दुई लाख दर्शनार्थी सहभागी

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा सञ्चालन भइरहेको १२ वर्षे पिण्डेश्वर

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर