तोडफोड गरेर आइसोलेसनका सामग्री चोरी | Khabarhub Khabarhub

तोडफोड गरेर आइसोलेसनका सामग्री चोरी


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा- संखुवासभा सदरमुकाम खाँदबारीमा रहेको आईसोलेसनको स्वास्थ्य सामग्री चोरी भएको छ। खाँदबारी–७, हिमालय किरण क्याम्पसमा आईसोलेसनको प्रयोगका लागि राखिएका सामग्री गएराति चोरी भएका छन् । सामग्री राखिएको ठाउँमा तोडफोडपछि चोरी भएको अस्पताल प्रशासनले जनाएको छ।

आईसोलेसनका करिब १५ लाख बराबरको सामाग्री चोरी भएको अस्पतालका मेसु सुन्दरश्याम झाले बताए । अक्सिजन मेसिन, सक्सन मेसिन, ७० थान पीई सेट, प्यासेन्ट मनिटर, अक्सिजन डिभाईडर लगायतका सामग्री चोरी भएको झाले बताए ।

सोमबार धर्मदेवी नगरपालिका–४ पिलुवाखोलामा क्वारेन्टाइनमा रहेका धर्मदेवी नगरपालिका–४ का ३४ वर्षीय पुरुष, चैनपुर नगरपालिका–११ का २४ वर्षीय पुरुष र २२ वर्षीय पुरुष समेत कोरोना पुष्टिमा कोरोना पोजिटिभ देखिएको हो। उनीहरुलाई बिहीबार क्याम्पसमा निमार्ण भएको आईसोलेसनमा ल्याउने विपद् व्यवस्थापनको निर्णयपछि स्थानीयले विरोध जनाउँदै आएका थिए।

अहिले सोही आईसोलेसनमा ३ जना कोरोना संक्रमित उपचार गरिरहेको अस्पतालका प्रशासन प्रमुख दिपेश श्रेष्ठले बताए। तोडफोडपछि नयाँ स्वास्थ्य सामाग्री लगेर ३ जना कोरोना संक्रमितलाई राखिएको छ।

कोरोना पुष्टि भएको ४ औं दिनमा उनीहरुलाई आईसोलेसनमा राखिएको हो। चोरी र तोडफाडमा संलग्नको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  १० : ३३ बजे

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने