कुमारी बैंकद्वारा भैरव नवदीप उच्च माविलाई शैक्षिक सामग्री सहयोग | Khabarhub Khabarhub

कुमारी बैंकद्वारा भैरव नवदीप उच्च माविलाई शैक्षिक सामग्री सहयोग


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुमारी बैंकले पाल्पास्थित श्री भैरव नवदीप उच्च माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।

कोभिड-१९ को यस विषम परिस्थितिमा विद्यालयमा नियमित पठनपाठनका लागि सहयोग हुने हेतुले  केही थान कम्प्युटर र ल्यापटप सहयोग गरेको हो ।

अनलाईन शैक्षिक क्रियाकलाप प्रयोजनार्थ सो सामग्री बैंकले विद्यालयलाई सहयोग गरेको जनाएको छ ।

बैंकको टंगालस्थित प्रधान कार्यालयमा एक संक्षिप्त समारोहबीच बैंकका प्रमुख संचालन अधिकृत रामचन्द्र खनालले विद्यालयका प्रतिनिधि मानार्थ रथी यादव बहादुर रायमाझीलाई सो शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।

सहयोगको उद्देश्य दैनिक शैक्षिक क्रियाकलापमा अवरोध आउन नदिई बालबालिकाको क्षमतावृद्धि र विकासमा टेवा पुर्‍याउनु रहेको बैंकले जनाएको छ ।

आफ्ना देशव्यापी २०३ शाखा संजाल, १३८ एटीएम्, १३ एक्सटेन्सन काउन्टर तथा २१ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत बैंकले आफ्ना ग्राहकवर्गलाई सेवा दिँदै आएका छ ।

बैंकले आगामी दिनमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा अझै सेवामूलक तथा प्रभावकारी सेवा पुर्‍याउने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ५ : २२ बजे

दिल्लीद्वारा गुजरातलाई २२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई

भोजपुर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

पोखरामा एसिया कप ट्रायथोलन हुँदै

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही वैशाख १५

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

दोहा – रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित

बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन