प्रदर्शन नरोकिएपछि संघीय सुरक्षाफौजलाई प्रमुख शहरहरूमा परिचालन गर्ने ट्रम्पको चेतावनी | Khabarhub Khabarhub

प्रदर्शन नरोकिएपछि संघीय सुरक्षाफौजलाई प्रमुख शहरहरूमा परिचालन गर्ने ट्रम्पको चेतावनी


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रमुख शहरहरूमा संघीय सुरक्षा फौज परिचालन गर्ने चेतावनी दिएका छन् ।

गत मे महिनामा एक अश्वेत नागरिक जर्ज फ्लोइडको प्रहरी नियन्त्रणमा नै मृत्यु भएपछि जारी प्रदर्शन नरोकिएपछि ट्रम्पले कानून कार्यान्वयन गराउने सङ्घीय अधिकारीहरूलाई अमेरिकाका प्रमुख शहरहरूमा पठाउने चेतावनी दिएका हुन्।

ओरेगन पठाइएका सङ्घीय सुरक्षा अधिकारीहरूले प्रदर्शनहरू भइरहेको पोर्टल्याण्डमा ‘उत्कृष्ट काम गरेको’ बताउँदै उनले प्रदर्शन भएका प्रमुख शहरहरूमा पनि संघीय सुरक्षाफौज पठाउने बताएका हुन्।

स्थानीय अधिकारीहरूले भने सङ्घीय अधिकारीहरूले खासै राम्रो काम गर्न नसकेको र, अवस्था झन् खराब बनाएको बताएका छन्।

राज्यस्तरका नेताहरूले पोर्टल्याण्डबाट सङ्घीय सुरक्षा अधिकारीलाई हटाउन ट्रम्पसमक्ष माग गरेका छन्।

तर, सोमवार ह्वाइट हाउसमा बोल्दै ट्रम्पले न्यूयोर्क, सिकागो, फिलडेलफिया, डेट्रोइट, बल्टिमोर र ओकल्याण्डमा संघीय सुरक्षाफौज पठाउने संकेत गरेका छन् ।

 

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ९ : ०५ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न