लगातारको वर्षाले जनजीवन प्रभावित, बिहीबारसम्म भारी वर्षा हुने   | Khabarhub Khabarhub

लगातारको वर्षाले जनजीवन प्रभावित, बिहीबारसम्म भारी वर्षा हुने  


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइतबारदेखिको अविरल वर्षा नरोकिदा मुलुकभरको जनजीवन प्रभावित भएको छ ।

बाढीपहिरो र डुबान भएका क्षेत्रमा जनजीवन तहसनहस नै भएको छ । मुलुकभर सोमबार भएका बाढीपहिरो र डुबानका घटनामा मात्रै ७ जनाको मृत्यु भएको छ ।

काठमाडौँ, दार्चुला, धादिङ, तनहुँ र गोर्खामा मात्रै ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । तीन दर्जनभन्दा बढी परिवार विस्थापित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

ठाउँठाउँमा पहिरो खस्दा मुलुकका विभिन्न जिल्लामा सडक यातायात ठप्प भएका छन् । साना ठूला गरी दर्जनौँ स्थानमा खसेको पहिरो पन्साउन नसक्दा काठमाडौँ उपत्यकासँग जोडिने मुख्य सडक पृथ्वी राजमार्ग सोमबारदेखि अवरूद्ध भएको छ ।

मौसम अनुकुल भए पृथ्वी राजमार्गको धादिङ खण्डको सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिएका छन् ।

जल तथा मौसम विज्ञान विभागले नेपालमा विहीबारसम्म भारी वर्षा हुने पूर्वानुमान गरेको छ ।

नेपाली आकाशमाथि न्यून चापीय रेखा आएर बसेको र यो नहटेसम्म वर्षा जारी रहने भएको हो । विभागका अनुसार प्रदेश-१, प्रदेश-२, बागमती, गण्डकी, प्रदेश-५ र सुदूरपश्चिम प्रदेशमा अहिले पनि वर्षा भइरहेको छ । अब ९ साउनपछि मात्र क्रमशः पानी पर्ने क्रम कम भएर जानेछ ।

कहाँ कहाँ छ खतरा ?

विभागले सातवटै प्रदेशका केही स्थानहरूमा भारी वर्षाका कारण त्यहाँ रहेका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने र पहिरो जानसक्ने, डुबान हुनसक्ने अनि सडक तथा हवाई यातयात प्रभावित हुनसक्ने भन्दै सतर्कता अपनाउन आह्वान गरेको छ ।

शुक्रबारसम्म कन्काई, कोशी, कमला, बागमती, नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई र तीनका सहायक नदी सहित चुरे र कतिपय तराई भएर बग्ने नदीमा उल्लेख्य रूपमा बहाव बढ्ने बताइएको छ ।

कतिपय नदीको तह सतर्कता आसपास पुग्नसक्ने मध्यम सम्भावना रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन सूचना जारी गरिएको छ ।

नारायणी तहमा बहावको तह उल्लेख्य बढ्ने र सतर्कता तह पार गरी खतरा आसपाससम्म पुग्नसक्ने चेतावनी गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् न्यूनीकरण तथा जोखिम व्यवस्थापन प्राधिकरणले दिएको छ ।

त्यसबाहेक कन्काई, कमला, बागमती, तिनाउ र पश्चिम राप्तीका केही सहायक नदीमा आकस्मिक रूपमा बहाव बढेर बाढी आउनसक्ने चेतावनी दिइएको छ ।

लगातारको वर्षाका कारण भोटेकोशी नदीमा अझै पनि बाढीको खतरा रहेकाले नदी किनाराका बासिन्दालाई सचेत रहन जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले अनुरोध गरेको छ ।

चीनको खासा क्षेत्रमा रहेको केरुङ च्छो पोखरी फुट्न सक्ने खतरा बढेको भन्दै प्रशासनले भोटेकोशीमा बाढीको जोखिम बढेको जनाएको हो । सोमबार नै सूचना जारी गरिए पनि अझै वर्षा भएकाले अवस्था अझै पनि खतरामुक्त नरहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले तीन दिनको पूर्वानुमान गर्दै आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा बिहीबारसम्म नै भारी वर्षा हुने जनाइएको छ ।

आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एकाध ठाउँमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आजै राति देशभर हल्का देखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा पनि भारी वर्षा  सम्भावना रहेको छ।

यो क्रम बिहीबारसम्म नै जारी रहने भएकाले विभागले सतर्क रहन आह्वान गरेको छ । नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको हो ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ७ : २३ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०