नागरिकता विधेयक : राज्य व्यवस्था समितिले पास गरेको प्रतिवेदनमा कांग्रेसको फरक मत | Khabarhub Khabarhub

नागरिकता विधेयक : राज्य व्यवस्था समितिले पास गरेको प्रतिवेदनमा कांग्रेसको फरक मत


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस राज्य व्यवस्था समितिले पास गरेको प्रतिवेदनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको फरक मत प्रस्तुत गरेको छ ।

नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलालाई सात वर्षपछि मात्रै वैवाहिक अंगिकृत नागरिकता दिने प्रावधान संविधानको भावना विपरित भएको कांग्रेसको ठहर छ ।

आइतबार संसदको राज्य व्यवस्था समितिमा नागरिकता विधेयकमाथिको छलफलका नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडुले सात वर्षपछि वैवाहिक अंगिकृत नागरिकता दिने प्रस्ताव संविधान विपरित भएको बताए।

‘तत्काल नागरिकता दिने हाम्रो संविधानको भावना हो। अहिलेकै व्यवस्थालाई निरन्तरता दिनुपर्छ भन्ने हाम्रो पार्टीको धारणा छ’, उनले भने, ‘यदी सात वर्षपछि मात्रै वैवाहिक नागरिता दिने हो पहिला संविधान संशोधन गर्न आवश्यक छ।’

कांग्रेस सांसद देवेन्द्र राज कँडेलले सीमा क्षेत्रमा बस्ने नागरिक राष्ट्रवादी हुँदैनन् भन्ने सोच फेर्नुपर्ने बताए। उनले सात वर्षे प्रावधानले मधेशमा मुडभेड निम्तिन सक्ने बताए। उनले भने, ‘यो प्रावधानले मधेश फेरि आन्दोलित हुन्छ। यसमा सचेत बनौँ।’

कांग्रेस नेताहरु दिलेन्द्रप्रसाद बडु, देवेन्द्रराज कँडेल, डा डिला संग्रौला पन्त, डा अमरेशकुमार सिंह, मीना पाण्डे र विनोद चौधरीले पाँच बुँदै फरक मत राखेका छन् ।

फरक मतमा के के राखिएको छ

बैठकमा जसपा नेता राजेन्द्र महतोले सात वर्षपछि नागरिकता प्रदान गर्ने प्रस्तावले जनताको भावनामा ठेस पुगेको बताए। उनले नागरिकबीचको सम्बन्ध दिल्ली र काठमाडौँले निर्धारण गर्न नसक्ने बताए।

उनले भने, ‘यदी वैवाहिक अंगिकृत नागरिकता सात वर्षपछि दिने प्रस्ताव भारतबाट विवाह गरेर आउनेतर्फ लक्षित हो भने जनता–जनताबीचको सम्बन्ध दिल्ली र काठमाडौँले निर्धारण गर्न सक्दैनन्।’

महतोले यो व्यवस्थाले राष्ट्रियताको नाममा परिवारभित्र विभाजन ल्याउने दावी गरे।

यस्तै सांसद व्रिजेश गुप्ताले समितिको प्रतिवेदन र विधेयक संविधानको भावना विपरित भएको बताए। अस्थायी परिचयपत्रलाई संविधानले नचिन्ने उनको भनाइ छ।

गुप्ताले भने, ‘अस्थायी परिचय पत्र दिन खोज्दा अरु धेरै कानुन संशोधन गर्नुपर्छ। त्यसले झन् समस्या निम्त्याउँछ।’

तर नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले भने वैवाहिक अंगिकृत नागरिकता १५ वर्षपछि मात्रै दिने व्यवस्था गर्नेपर्ने बताए। उनले सीमामा पर्खालसमेत लगाउनुपर्ने बताए।

बैठकमा सत्तारुढ दल नेकपाका सांसद जनार्धन शर्माले विधेयकलाई छिटो टुंगो लगाउनु पर्ने बताए। उनले भने, ‘विधेयकमाथिको छलफलमाथि ढिलाई भयो। यसलाई दुई वर्षपछि राख्न नहुने थियो। यसलाई अब टुंगोमा पुर्‍याउनु पर्छ।’

उनले भुगोलको हिसाबमा हेर्ने हो भने सीमामा बस्ने नागरिक बढी राष्ट्रवादी हुने बताए। सात वर्षे प्रावधान भारततर्फमात्रै लक्षित नभएको उनको भनाई छ।

यस्तै नेकपाकै अर्का सांसद नवराज सिलवालले नागरिकता जस्तो विषयलाई खुकुलो बनाउने नहुने बताए। ‘नागरिकता जस्तो विषयलाई खुकुला बनाउनु हुँदैन। फेरिएको राजनीतिक परिस्थितिमा त्यसलाई कडाई गरेर जानुपर्छ’, उनले भने।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ५ : १३ बजे

निलम्बित सचिव मधु मरासिनीले सफाइ पाए, सुनील पौडेल दोषी ठहर

मधु मरासिनी काठमाडौं- निलम्बनमा परेका नेपाल सरकारका सचिव मधु मरासिनीलाई

३३ प्रतिशत सकियो फास्ट ट्रयाकको काम

काठमाडौं– तराईमधेश फास्ट ट्रयाकको हालसम्मको भौतिक प्रगति जम्मा ३३.२ प्रतिशत

काठमाडौंमा ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ आयोजना हुने

काठमाडौं– समृद्धिका लागि हरित ऊर्जा भन्ने मूल नारासाथ बैशाख १२

चार लाख धरौटी जम्मा गर्न नसकेपछि दीपेश पुन जेल चलान

बुटवल– सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल

आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु

गल्याङ– स्याङ्जाको बिरुवा गाउँपालिका–७, कुमेरदुङ बस्ने ७४ वर्षीय रेउसरी गुरुङको