ज्योतिष शास्त्रअनुसार आजको सूर्यग्रहण ४ राशिका लागि मात्र शुभ, ८ राशिकाले हेर्न नमिल्ने | Khabarhub Khabarhub

ज्योतिष शास्त्रअनुसार आजको सूर्यग्रहण ४ राशिका लागि मात्र शुभ, ८ राशिकाले हेर्न नमिल्ने


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- आजको दुर्लभ सूर्यग्रहण ४ राशिका लागि मात्र शुभ हुने ज्योतिष शास्त्रीहरुले दाबी गरेका छन् ।

आइतबारको खण्डग्रास सुर्यग्रहण २ नक्षत्रलाई समेटेर लाग्दैछ । मिथुन राशिमा लाग्ने भएको हुँदा यसलाई विशेष रुपमा हेरिएको छ ।

बीचको ३ घण्टा ३१ मिनेटमा हामीले बिशेष सावधानी पुर्‍याउनुपर्ने बताइएको छ।

मृगशिरा र आरार्ध्या नक्षत्रमा हुने र मिथुन राशीमा हुने हुनाले यसले १२ राशिमा फरक फरक असर पार्नेछ ।

वृष, मिथुन,कर्कट, तुला, वृश्चिक, धनु ,कुम्भ र मीन राशीमा नकरात्मक प्रभाव पर्ने भएको हुँदा ज्योतिष शास्त्रीहरुले यसपटकको सूर्य ग्रहण हेर्न नमिल्ने बताएका छन् ।

बाल्मिकी क्याम्पस ज्योतिष विभागका उपप्राध्यापक नेत्र अधिकारीका अनुसार आज बिहान १०ः५३ बजेदेखि शुरु ग्रहण अपराह्न २ः२४ मा समाप्त हुनेछ । मध्याह्न १२:४० मा मध्य हुँदा काठमाडौँबाट सूर्य करीब ८८ प्रतिशत ढाकिएको देखिने छ ।

नेपालबाट अबको करिब ४४ वर्षपछि मात्र यस्तै अर्को सूर्यग्रहण देखिने खगोलविद्हरुले बताएका छन् । सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा सूर्य छेकिन गइ चन्द्रमाको छायाँ पृथ्वीमा पर्छ । यसलाई नै सूर्य ग्रहण भनिन्छ ।

आजको सूर्यग्रहण कंगोबाट सुरु भई सुडान, इथियोपिया, यमन, ओमान, दक्षिण पाकिस्तान, उत्तरपश्चिम भारत, भारतको देहरादुन, कुरुक्षेत्र र दक्षिणपूर्वी चीन हुँदै प्रशान्त महासागरमा गएर अन्त्य हुनेछ।

सूर्यग्रहण खाली आँखाले हेर्न हुँदैन। सूर्य ग्रहण हेर्दा आँखाको रेटिनामा सूर्यबाट आएको प्रकाश परेमा रेटिना नष्ट हुन गई दृष्टिविहीन हुने सम्भावना हुन्छ ।

विशेष प्रकारले बनाइएको चस्मा वा वैज्ञानिकले सिफारिस गरेअनुसारको सुरक्षात्मक पद्दतिबाट मात्र ग्रहण हेर्न हुन्छ ।

सूर्यग्रहणको फल राशि अनुसार फरक छ । मेष राशिकालाई श्रीप्राप्ति, वृष राशिलाई क्षति, मिथुनलाई घात, कर्कटलाई व्यय, सिंह राशिका मानिसलाई लाभ, कन्या राशिलाई सुख, तुला राशिलाई माननाश, वृश्चिक राशिलाई कष्ट, धनु राशिलाई स्त्रीपीडा, मकर राशिलाई सुख, कुम्भलाई चिन्ता र मीनलाई व्यथाको फल हुने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।

मेष, सिंह, कन्या र मकर राशिकाले मात्र सुरक्षित विधि अपनाएर ग्रहण हेर्न मिल्ने छ । अरु आठ राशि भएका मानिसले भने सूर्यग्रहण हेर्नुहुँदैन भन्ने शास्त्रीय मान्यता छ ।

वैज्ञानिक मूल्य मान्यता अनुसार सुरक्षित तरिकाले सबैले ग्रहण हेर्न सकिने  नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए ।

प्रदेश १ बाट सन् १९६५ नोभेम्बर २३ तारिखका दिन बिहान बलय (पुरै सूर्य ढाक्ने) सूर्यग्रहण लागेको थियो । अब बलय सूर्यग्रहण सन् २०६४ फेब्रुअरी १७ मा प्रदेश नं १ कै दक्षिणपूर्वी भूभागबाट देखिने उनले सुनाए ।

सूर्यग्रहण विश्वका केही भागबाट पुरै ढाके पनि नेपालबाट भने आधा ढाक्ने अर्थात् खण्डग्रास मात्र देखिने छ । नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रबाट भने ९८ प्रतिशतसम्म सूर्य ढाकेको देखिने जनाइएको छ।

आइतबारको ग्रहण कङ्गो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणीभाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट वलय सूर्यग्रहण देख्न सकिने वरिष्ठ खगोलविद् एवं नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ सिद्धान्त ज्योतिष विषयका सहप्राध्यापक जयन्त आचार्यले बताए ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  १० : ३४ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको