प्रिमियर लिग : आर्सनलको लगातार दोस्रो हार | Khabarhub Khabarhub

प्रिमियर लिग : आर्सनलको लगातार दोस्रो हार


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार दोस्रो हार व्यहोरेको छ ।

शनिबार राति ब्राइटनको घरेलु मैदानमा भएको खेलमा आर्सनल २-१ गोल अन्तरले पराजित भएसँगै लगातार दोस्रो हार व्यहोर्न बाध्य भएको हो ।

यसअघि आर्सनल म्यानचेस्टर सिटीसँग पराजित भएको थियो । ब्राइटनसँगको खेलमा पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफको ६८ औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । तर  त्यो अग्रता ७ मिनेटभन्दा बढी टिक्न सकेन ।

खेलको ७५ औं मिनेटमा लेविस डुंकले गोल गर्दै ब्राइटनलाई १-१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको इन्ज्युरी समयमा निल मपेले गोल गर्दै ब्राइटनलाई २-१ को जीत दिलाए ।

यो हारसँगै आर्सनलले ३० खेलमा ४० अंक जोडेको छ । आर्सनल नवौं स्थानमा रहेको छ । ब्राइटन भने ३२ अंकसहित लिगको १५ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ५ : ५१ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका