विदेशबाट फर्काइने नेपाली राख्ने विषयमा शहरी विकास मन्त्रालयले थाल्यो गृहकार्य | Khabarhub Khabarhub

विदेशबाट फर्काइने नेपाली राख्ने विषयमा शहरी विकास मन्त्रालयले थाल्यो गृहकार्य


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-विदेशबाट फर्किएका नागरिकहरुलाई राख्न आवश्यक क्वारेन्टिन व्यवस्थापनका लागि होटल तथा रिसोर्टहरु प्रयोगमा ल्याउने तयारी गरिएको छ ।

बिहीबार शहरी विकस मन्त्रालयमा भएको छलफलमा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले देशभर व्यवस्थित रुपमा चलेका होटल तथा रिसोर्टहरुलाई क्वारेन्टिन स्थल बनाउनेबारे आवश्यक परामर्श थालिएको बताए ।

देशभरका क्वारेन्टिनको अनुगमन र सहजीकरणको जिम्मेवारीमा समेत रहेका मन्त्री मानन्धरले मुलुक र जनता संकटमा परेको बेला सरोकारवाला सबैले सरकारलाई आवश्यक सहयोग गर्नुपर्ने बताए ।

मन्त्री मानन्धरले देश नै संकटमा परेका बेला ठूला होटलहरुलाई क्वारेन्टिन स्थलका रुपमा व्यवस्थापन गर्न सरकारले पहल थालिरहेको बताउँदै व्यावसायीबाट आवश्यक सहयोगको अपेक्षा समेत गरे । मन्त्री मानन्धरले हाल खाली रहेका होटलहरुलाई निश्चित रकम तिरेर सरकारले जनताको जिवन रक्षाका लागि प्रयोग गर्न सक्ने बताएका हुन् ।

विदेशमा विपद्मा परेका नागरिकहरुलाई सरकारले उद्दार गरि ल्याएको अवस्थामा उपत्यकामा आवश्यक क्वारेन्टिनका लागि पुर्व तयारी गरिएको बताउँदै मन्त्री मानन्धरले हाल उपत्यकामा ५ सय १८ वटा बेड तयारी अवस्थामा रहेको बताए ।

विदेशबाट फर्किने मजदुर वर्गका सर्वसाधारण र अन्य प्रयोजनमा विदेश गएर फर्कन लागेकाहरुबीच वर्गिकरण गरिने बताउँदै श्रमका लागि खाडी लगायतका मुलुकमा पुगेर विपदमा फसेका कामदारलाई सरकारले प्राथमिकता दिने मन्त्री मानन्धरले बताए ।

खाडी मुलुकमा श्रमका लागि गएका सर्वसाधारणलाई सरकारले क्वारेन्टिन लगायतका व्यवस्थापनमा प्राथमिकतामा राख्ने बताउँदै मन्त्री मानन्धरले विपदमा फसेका नेपालीबारे सरकार चिन्तित रहेको बताए ।

हवाई मार्ग भएर फर्कनेहरुका लागि उपत्यकामा अस्थायी क्वारेन्टिन बनाउने र सम्बन्धित स्थानीय तह मार्फत् व्यवस्थापन गर्नेबारे सरकारले छलफल गरिरहेको मन्त्री मानन्धरले बताए ।

देशभर करिब ६५ हजार क्वारेन्टिन बेड तयारी अवस्थामा रहेको प्रतिवेदन आफूकहाँ आइपुगेको बताउँदै मन्त्री मानन्धरले २५ हजार सर्वसाधारण क्वारेन्टिनमा रहेको जानकारी समेत दिए ।

केही स्थानमा क्वारेन्टिन व्यवस्थापनमा कमजोरी देखिएको बताउँदै मन्त्री मानन्धरले तत्काल सुधारका लागि सरकारले आवश्यक समन्वय गरिसकेको बताए । क्वारेन्टिन व्यवस्थापनको खर्च संघीय सरकारले व्यहोर्ने बताउँदै मन्त्री मानन्धरले निर्धक्क भएर व्यवस्थापनमा लाग्न देशभरका स्थानिय सरकारहरुलाई आग्रह समेत गरे ।

भारतमा काम गर्दैआएका हजारौं सर्वसाधारण नेपाल भित्रन खोजिरहेको बताउँदै मन्त्री मानन्धरले उनीहरुको आवश्यक व्यवस्थापनका लागि सम्बन्धीत क्षेत्रका स्थानीय तह लगायत सरोकारवाला निकायलाई आग्रह समेत गरे ।

कार्यक्रममा अनुगमन तथा सहजीकरणको जिम्मेवारीमै रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री नवराज रावतले सरकारले बनाएको मापदण्ड अनिवार्य रुपमा पालना गर्न स्थानीय सरकारलाई आग्रह गरे । मन्त्री रावतले क्वारेन्टिनमा आवश्यक खर्चबारे चिन्ता नलिन स्थानीय सरकारलाई आग्रह पनि गरे ।

दार्चुला, बाँके, बर्दिया,जुम्ला, बाजुरा, पर्सा, कैलाली,कञ्चनपुर लगायतका जिल्लामा भारतबाट आउने सर्वसाधारणको व्यवस्थापनमा समस्या देखिएको बताउँदै मन्त्री रावतले व्यवस्थापनमा कमजोरी हुन नदिने बताए ।

कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले क्वारेन्टिन व्यवस्थापन कार्यविधि पालना गरिए समस्या नआउने बताउँदै बजेट व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि अर्थ मन्त्रालयलाई आग्रह गरे । सचिव अधिकारीले ठूला होटलहरुलाई आवश्यक समयमा सरकारले प्रयोग गर्ने बताए ।

गृहमन्त्रालयकी उपसचिव गोमादेवी चेमजोङले बसाइएकाहरुको अनुसासन लगायतका समस्या देखिएकाले क्वारेन्टिनको भित्री व्यवस्थापन नेपाली सेना मार्फत् गरिए सहज हुने बताइन् । अन्तर मन्त्रालय समन्वयमा जोड दिँदै चेमजोङले विदेशबाट आउने सम्भावित सर्वसाधारणको डाटा तयार पारेर सबै तहमा पुर्‍याउनुपर्ने बताइन् ।

रक्षा मन्त्रालयका सहसचिव सन्तबहादुर सुनारले क्वारेन्टिन व्यवस्थापनका लागि आवश्यक सबै आर्थिक व्यवस्थापन संघीय सरकारले प्रवन्ध गराउने बताए ।  छलफलमा गृह, रक्षा, सामान्य प्रशासन, स्वास्थ्य र सहरी विकासका उच्च अधिकारीहरु सहभागी थिए ।

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  ७ : २९ बजे

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना