जहाजको इन्जिन निर्माता कम्पनी रोल्स - रोयस संकटमा | Khabarhub Khabarhub

जहाजको इन्जिन निर्माता कम्पनी रोल्स – रोयस संकटमा


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हवाई जहाजका लागि इन्जिन बनाउने बेलायतको रोल्स–रोयस कम्पनी संकटमा परेको छ ।

कोरोनाभाइरसका कारण आर्थिक संकट देखिएको भन्दै कम्पनीले कम्तीमा ९ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी वारेन इस्टले वर्तमान संकट आफूहरूका कारण सिर्जना नभएको जनाउँदै यस सङ्कटलाई सबैले मिलेर सामना गर्नुको विकल्प नरहेको बताए ।

आर्थिक संकटले कर्मचारी कटौती गर्न लागिएको जनाउदै उनले विश्वभर छरिएर रहेका कम्पनीमा कार्यरत २५ प्रतिशत कर्मचारी हटाउनै पर्ने अवस्था आएको जनाएका छन् ।

रोल्स रोयल्समा हाल विश्वभर ५२ हजार हाराहारी कर्मचारी रहेका छन् ।

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  १० : ४४ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ