कोभिड-१९ को महामारीका बेला फोहोर व्यवस्थापनको चुनौति | Khabarhub Khabarhub

कोभिड-१९ को महामारीका बेला फोहोर व्यवस्थापनको चुनौति


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्व यतिबेला कोरोना भाइरस (कोभिड-१९) को महामारीसँग जुँधिरहेको छ। यो संकट समाधान गर्न सबै सचेत हुनुपर्छ ।

त्यसका लागि सरसफाईमा पनि विशेष ध्यान दिनुपर्छ । सरसफाईको कुरा उठेपछि फोहोर व्यवस्थापनको कुरा महत्वपूर्ण हुन्छ ।

त्यसैले यो महामारीका बेला फोहोर उत्पादन, संकलन र व्यवस्थापनमा देखिएका चुनौति मिलेर समाधान गर्न जरूरी छ ।

चुनौति १ : फोहोरको उत्पादन र संकलन

सबैभन्दा ठुलो चुनौति भनेकै यस कोभिड-१९ महामारीको बेला फोहोरको वर्गीकरणको पुनःपरिभाषित गर्नुपर्ने हुन्छ ।

हामीकहाँ विद्यमान विभिन्न खालको बस्ती, उनीहरूको बसाई तरिका (सुकुम्बासी तथा अनौपचारिक रुपमा रहेका बस्तिहरू), घरमै क्वारेंटाईनमा बसेको, संक्रमणको लक्षण धेरै देखेको, कम देखेको, contact tracing गरेको ठाउँ र क्वारेंटाईन स्थलमा र त्यसको वरिपरिको बस्तीहरूको फोहोर, अस्पतालमा संक्रमण भएका बिरामी र अन्य बिरामी, स्वास्थ्यकर्मिहरूले उत्पादन गरेका फोहोर, diagnostic ल्याब तथा सार्वजनिक स्थलहरूमा थुप्रेका फोहोरहरू र तिनीहरूको अवस्थालाई बिशेष ध्यान दिएर हेर्नुपर्ने हुन्छ।

फेरि यसरि वर्गीकरण गर्दै गर्दा कुनै स्थानमा कोभिड-१९ संक्रमण भएको स्थान थाहा पाईसकेको अवस्थामा मात्र कसरी सुरक्षित तरिका अपनाएर काम गर्नुपर्ने भनेर प्रस्ट रुपमा जानकारी भई सफाईकर्मीलाई पनि सुरक्षित साथ काम गर्न सजिलो हुन्छ ।

यदि कसैलाई कोभिड-१९ संक्रमण भएको छ भने बिरामी आफै सचेत भएर आफुले होसियारीपूर्बक उत्पादित फोहोरलाई अलग्गै संकलन गरी, प्रयोग गरेका सम्पूर्ण बस्तुहरूलाई राम्ररी बन्द झोलामा पोको पारी राख्ने गरेको खण्डमा फोहोर संकलन गर्ने व्यक्तिलाई पहिल्यै अवगत हुन्छ र अझ त्यसमा बाहिरबाटै केहि चिन्ह दिने गरेको भए झन् राम्ररी पहिचान हुन्छ ।

आवश्यक मात्रामा सुरक्षा अपनाई त्यसको प्रबन्ध गर्न सकिनेछ । यसरि अलग्गै एउटा भाँडोमा राख्ने गरेमा संकलनकर्ताले त्यसलाई उचित सुरक्षा साथ प्रबन्ध गर्न सजिलो हुन्छ ।

यस्तो बेलामा झन् यस्ता उत्पादित फोहोरहरू राख्ने फरक रंगको भाडाहरूको जानकारीसहित व्यवस्थापनमा अगाडी ल्याउने राम्रो अवसर हो । ताकि सबैले निरन्तर रुपमा भबिस्यमा पनि यसलाई अपनाउने हुन्छ। हामीले फोहोर जहिल्यै पनि मिसाएर दिने बानि परेकोले यो एकदम अन्यायपूर्ण छ किनको संकलनकर्ताले लगेर फेरी मिसिएको फोहोर छुट्याउने गरिन्छ र त्यसबाट उसलाई विभिन्न रोग सर्ने तथा घाउ चोटपटक लाग्ने सम्भावना पनि बढ्नेछ ।

अर्को कुरा, सार्बजनिक स्थलहरू, जस्तै सडक, पेटी गल्लीहरूमा थुप्रेका फोहोरहरू धेरै खतरा भन्दा पनि यसबाट सर्ने कुरामा सतर्क अपनाउने कुरामा बढी सजक हुनुपर्ने हुन्छ । उदाहरण यदि त्यस्ता फोहोरमा प्लाष्टिकहरू सानो नानीले चलाईएर घरमा आए, ती नानी अरुसंग मायाले बसेको हुन्छ र जसले गर्दा सम्पूर्ण परिवारलाई यसको जोखिम हुन सक्छ ।

चुनौति २ : अधिकतम मात्रामा स्वस्थ्यजन्य फोहोर उत्पादन

कोभिड-१९ संक्रमण बढेको बेला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी लगायत सम्पूर्ण कर्मचारीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षित सामग्री (PPE) र अन्य फोहोरको मात्रा बढ्ने हुन्छ।

चीनको बुहानमा पनि पहिलो संक्रमण देखापर्दा यति धेरै फोहोर बढ्यो कि त्यहाँको सरकारले मोबाईल (स्थानान्तरण गर्न मिल्ने) फोहोर प्रशोधन गर्ने केन्द्रहरूको व्यवस्था गरी छुट्टै अस्पतालजन्य फोहोर व्यवस्थापन केन्द्रको स्थापना गर्नुपरेको थियो ।

अहिले धेरै बिकसित देशहरूमा छुट्टै स्थापना गरेको प्रशोधन केन्द्रमा पनि पर्याप्त क्षमताको व्यस्थापन गर्नेसक्ने अवस्था नभएर समस्या सिर्जना भएको छ

त्यसैले यस्तो बेला अत्यावश्यक व्यक्तिहरूले बाहेक अरुले पुनःप्रयोग गर्न मिल्ने खालको सुरक्षित सामग्रीहरूको प्रयोगगरि आवस्यकता अनुसार निर्मलीकरण गरी पुन: प्रयोग गर्ने गरेको भए फोहोर व्यवस्थापन गर्न पनि सजिलो हुन्छ । सफाईकर्मी साथीहरूले कोभिड-१९ संक्रमणले फोहोरमा आउने प्लाष्टिक, कागज आदिमा पनि भाईरस निश्चित समयसम्म रहने भएकोले काम गर्न अझ बढी सतर्कता अपनाउनु पर्ने भएको छ।

त्यसैले फोहोर संकलन गर्दा श्रोतमै राम्ररी छुट्याई राख्ने प्रणालीलाई अवसरण गर्ने कुरामा दुईमत हुनु हुदैन र सबैले उत्तिकै ध्यान दिनुपर्ने हुन्छ । फोहोर संकलन गरेर लाने, त्यसलाई प्रशोधन गर्ने, ढुवानी गर्ने, निर्मलीकरण गर्ने, पुन: प्रशोधन गर्ने कामलाई सजिलो बनाउन, संक्रमित नभएको व्यक्तिको फोहोरमा सुक्खा फोहोरलाई एकठाउमा स्टोर गरिराख्न सकिन्छ ।

संक्रमित फोहोरलाई मात्र उपयुक्त माध्याममा अटोक्लेभ (Autoclave) गरेर मात्र संकलन गर्ने, र अति संक्रमित बस्तुहरूलाई encapsulation वा उचित मापदण्ड पुर्यागएको मेसिनको प्रयोगले incinerate ( निश्चित तापक्रममा बाल्ने ) गर्ने गर्नुपर्ने हुन्छ। यसरि काम गर्दा संलग्न बर्गहरूले उच्च सतर्कताका साथ् आफुलाई सुरक्षित बनाई काम गर्नुपर्ने हुन्छ ।

चुनौति ३: घर समुदाय तथा सरसफाई सेवा प्रदायकहरूको नक्सांकन

कोभिड-१९ संक्रमण भएको अवस्थामा घर समुदाय क्षेत्र/ वडास्तरिय रुपमा उचित तरिकाले अभिलेख राखी नक्सांकन गर्नुपर्ने हुन्छ । यी कामहरू आधुनिक तवरमा कम्प्युटर प्रणालीबाट गर्न सकिन्छ । जुन अति आवस्यक देखिन्छ । यससँगै फोहोर संकलन तथा व्यवस्थापन गर्ने सेवा प्रदायकको पनि पूर्णबिबरणसहित अभिलेखीकरण गरेको खण्डमा तुरुन्तै यदि कसैलाई कोभिड-१९ संक्रमण भएमा contact tracing गर्न सजिलो हुन्छ । रोग संक्रमणबाट बचाउन केहि हदसम्म सजिलो हुन्छ ।

चुनौति ४ : सफाईमा कामगर्ने कामदारको सुरक्षा तथा सचेतना

सफाईमा काम गर्ने कामदारलाई पनि अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी कै रुपमा ख्याल गर्न जरूरी छ । सचेतनाका लागि बारम्बार जानकारी गराईराख्नु पर्नेहुन्छ । फोहोर संक्रमित हुने भएकोले कुन बस्तुहरू, कस्तो किसिमले कुन स्थानमा लाने र त्यसको व्यवस्थापन गर्दा अपनाउनुपर्ने सुरक्षालाई उचित रुपमा पालना गर्नु पर्छ ।

नेपाल सरकार तथा सम्बन्धित निकायले उनीहरूलाई उपयुक्त खालको व्यक्तिगत सुरक्षित सामग्री (PPE) उपलब्ध गराउनु पर्छ । सुरक्षित सामाग्री लगाउने तरिका, सफा गर्ने तरिका तथा नियमित रुपमा जतन गर्नेकुराको ज्ञान दिनुपर्ने र सोहि अनुसार पालना गर्न लगाउनुपर्ने हुन्छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी भएको स्वास्थ्यजन्य फोहोर व्यवस्थापनको लागि छुट्टै निर्देशिका छ । जसअनुसार स्वास्थ्य सेवाप्रदायक तथा अस्पताल आफैले त्यसको पूर्ण जिम्मेवारीका साथ संक्रमण नफैलिने किसिम्ले वातावरण मैत्री प्रबिधि अपनाई व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

स्वास्थ्य संक्रमणजन्य फोहोर व्यवस्थापनको लागि नगरपालिकाको फोहोर उठाउने भन्दा छुटै गाडीको व्यवस्था गरी ढुवानी गर्नुपर्ने हुन्छ ।

चुनौति ५: फोहोरको उत्पादनदेखि अन्तिम अवस्थासम्मको निरीक्षण

फोहोरलाई संकलन गर्ने बाहेक फोहोर संकलन पश्चात कता लाने, के गर्ने, कसरि प्रशोधन गर्ने, निर्मलीकरण गर्ने, अन्तिम बिसर्जन गर्ने पूर्णरुपमा जानकारीसहित अभिलेख राख्ने हुनुपर्छ । संक्रमित फोहोरलाई जथाभाबी रुपमा मिल्काउने, जम्मा गर्ने जस्ता काम गर्न दिनु हुँदैन ।

हुन त अस्पताल व्यवस्थापकहरू यसको जिन्मेवार हुन्छन तर पनि संक्रमित फोहोरबाट यदि कहिँकतै कसैलाई सरिहाल्यो भने तुरुन्तै tracing गर्न सजिलो हुन्छ ।

स्वस्थ्यजन्य फोहोरमैला व्यवस्थापनको छुट्टै निर्देशिका छ । त्यसलाई उचित रुपमा पालना गराउने, नगरेमा दण्ड जरिवाना तथा राम्रोसँग व्यवस्थापन गर्ने अस्पताल तथा सफाईकर्मिलाई उचित पुरस्कारको बेवास्था पनि सरकारले, अस्पतालले गर्नुपर्ने हुन्छ। घरमा क्वारेंटाईनमा बसेको व्यक्तिको पनि त्यसैगरि छुट्टै तरिकाले नै व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

चुनौति ६: पुन: प्रयोग तथा पुन: प्रशोधन गर्ने उद्योग कलकारखाना अभाव

त्यसैगरी पुन: प्रयोग तथा पुन: प्रशोधन गर्ने उद्योग कलकारखानाहरू बन्द भएको अवस्थामा फोहोर छुट्याई कति मात्रामा कहाँ कसरी जम्मा गर्ने भन्ने समस्या आउने भएकोले त्यसको लागि स्थानीय निकायले यसमा राख्ने स्थानको पहिचाने गरि सरसफाईको सेवा प्रदायकलाई सहयोग गर्नुपर्ने हुन्छ ।

ती बस्तुहरू पछी सजिलोसँग बर्गीकृत रुपमा सम्बन्धित कल कारखाना खुले पश्चात कच्चा पदार्थको रुपमा प्रयोगको लागि सजिलै ढुवानी गर्ने व्यवस्था मिलाउन सकिन्छ. यसले गर्दा फोहोर यात्रतत्र नछर्ने भई सफा संग काम गर्न मदत मिल्दछ र जोखिम कम हुन्छ ।

चुनौति ७: नीति नियमहरू

बिश्व महामारीको अवस्थामा सरकारले तथा सम्बन्धित निकायले फोहोरमैला व्यवस्थापनलाई जनसुरक्षाको दृष्टिकोणले आवस्यकता अनुसार परिमार्जन गरेर भएपनि नियमलाई व्यवहारिक तरिकाले अबलम्बन गर्ने हुनुपर्छ ।

आधुनिक युगमा नयाँ किसिमको फोहोरको उत्पतिले गर्दा कति कुराहरू थपघट गर्नुपर्ने हुन्छ । यसमा सरकारले समयमै नियमन गरी आवश्यक नीतिनियम तथा प्रविधिहरूको व्यवस्थापन सम्बन्धी कुराहरूलाई लागू गर्नुपर्ने हुन्छ ।

अन्त्यमा हालको समयमा स्थानीय निकाय अस्पताल व्यवस्थापन समिति र सरसफाई सेवाप्रदायक संस्थाहरूले एकआपसमा मिलेर कुन स्थानमा कसरी फोहोर संकलन गर्ने, कसले गर्ने, संकलित फोहोरलाई के गर्ने, कसरी ढुवानी गर्ने, पुन: प्रयोग गर्ने, कता भण्डारण गर्ने, कता निर्मलीकरण गर्ने, कतिको सुरक्षित अपनाउने जस्ता कुराहरूको सहभागितामुलक योजना बनाई लागु गर्नुपर्ने देखिन्छ ।

अहिले जति पनि जैविक बस्तुहरू निस्कन्छ त्यसलाई सबैले घर घरमै कम्पोस्ट मल बनाउने, बायो ग्यास बनाउने जस्ता तालिमहरू इन्टरनेटको माध्यमबाट दिलाईएको भए अति उत्तम हुन्छ । जसले ६० देखी ७० प्रतिशत उत्पादित फोहोरको उचित व्यवस्थापन यतिकै हुन्छ । ती उत्पादित मललाई आफ्नो कौसी खेति वा करेशावारिमा प्रयोग गर्न सकिन्छ । बाँकी नकुहिने फोहोरलाई छुटै संकलनको व्यवस्था गरी राम्ररी बोरा वा प्लास्तिकमा पोका बनाएर भण्डारण गर्ने वा सेवा प्रदायकको गाडीले फोहोर लिन आएको बखत राम्ररी नखस्नेगरि दिने गर्नु उत्तम हुनेछ ।
धन्यवाद ।

लेखक फोहोरमैला व्यवस्थापन संघ नेपालका प्राविधिक सल्लाहकार हुन् ।

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  ११ : १३ बजे

घरबास सञ्चालनबाट आत्मनिर्भर नवलपुरका महिला

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१० निवासी बालकुमारी महतोलाई अहिले

नेपाली सेनामा विभिन्न पदका लागि दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले पदपूर्तिका लागि ठूलो सङ्ख्यामा आवेदन माग गरेको छ।

इजरायल–इरानबीच तनाब बढ्यो : इरानमाथि आक्रमण सुरु

काठमाडौं– पछिल्लो साता अरबका दुई मुलुक इजरायल र इरानबीच तनाव

बेनीमा कृषि बजारको भवन निर्माण सुरु

म्याग्दी– जिल्लाको सदरमुकाम बेनी बजारमा कृषि बजार निर्माण निर्माण सुरु

खेलकुद परिषद्को सर्कुलरले हच्किए सङ्घ अध्यक्ष

काठमाडौं – शनिबार ललितपुर सातदोबाटोमा नेपाल पौडी सङ्घको चुनावी साधारण