प्रदेश २ को प्रादेशिक क्वारेन्टिन १४ दिनका लागि सिल | Khabarhub Khabarhub

प्रदेश २ को प्रादेशिक क्वारेन्टिन १४ दिनका लागि सिल


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा – प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरधाम नजिक बनाइएको प्रादेशिक क्वारेन्टिनलाई बुधबारदेखि सिल गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको छिमेकी नगराइन नगरपालिका वडा नं ५ गङ्गुलीमा सञ्चालित प्रादेशिक क्वारेन्टिनलाई बन्द गरिएको हो ।

उक्त क्वारेन्टिनमा बसेका कोरोना शंकास्पदमध्ये पटकपटक गरेर पाँच व्यक्तिमा कोरोनाको सङ्क्रमण देखा परेपछि १४ दिनका लागि बन्द गर्ने निर्णय गरेको जिल्ला सङ्कट व्यवस्थापन समितिले जनाएको छ ।

नेपाली सेनाको रेखदेख तथा प्रदेश नं २ सरकारले सञ्चालन गरेको उक्त क्वारेन्टिनमा शुरुका दिनबाटै प्रदेश नं २ का विभिन्न जिल्लाका कोरोनाका आशंकित व्यक्तिलाई राख्ने काम हुँदै आएको छ।

अहिले पनि क्वारेन्टिमा धनुषा, महोत्तरी तथा भारतीय गरेर ८१ जना  रहेको क्वारेन्टिनका इञ्चार्ज सन्तोषकुमार ठाकुरले जानकारी दिए ।

अब क्वारेन्टिनमा भएका सबैको स्वाब सङ्कलन गरी पीसीआर  परीक्षण गरेर हालका सबैलाई खाली गरिने र पुनः स्यानिटाइज गरी सञ्चालन गरिने इञ्चार्ज ठाकुरले बताए ।

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  ८ : २२ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका