प्रहरीविरुद्ध नै अफवाह फैलाएको भन्दै सप्तरीमा १ जना पक्राउ « Khabarhub

प्रहरीविरुद्ध नै अफवाह फैलाएको भन्दै सप्तरीमा १ जना पक्राउ


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– शान्ति सुरक्षा र प्रहरीको छविमा आँच आउने गरी झुठो अफवाह फैलाएको आरोपमा सप्तरी प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका-४ बस्ने २६ वर्षीय दिवाकर कुमार साह छन् । प्रहरीले साहलाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।

साहले खडक नगरपालिका-६ बीरपुर बस्ने ६५ वर्षीया महिलाको सगरमाथा अञ्चल अस्पतालमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको सम्बन्धमा सामाजिक सञ्जाल फेसबुक लाईभ मार्फत अफवाह फैलाएको प्रहरीको आरोप छ ।

प्रहरीले कुटपिट गर्दा उनको मृत्यु भएको भनी झुठो अफवाह फैलाएपछि सोही नगरपालिका-७ कुनैलीमोडबाट साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकरी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ परेका साहमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ५ : ५० बजे

इजिप्टको एक चर्चमा आगो लाग्दा ४१ जनाको मृत्यु

कायरो – इजिप्टको राजधानी कोप्टिक क्रिश्चियन चर्चमा आगो लाग्दा ४१

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ – आज देशभर बदली हुने भएको छ । दिउँसो

‘पाँच वर्षसम्म बच्चा बोलेन भने उपचार गर्नुपर्छ’

सामान्यतया बालबालिकाले चारदेखि पाँच महिनादेखि नै आवाजसँग प्रतिक्रिया दिने गर्दछन्

साउदीमा अलपत्र १६ नेपाली भोकभोकै सडकमा  

दोहा – आकर्षक रोजगारीको प्रलोभनमा साउदी अरब पुगेका १६ जना

राजदूत वाग्लेले बुझाए ओहोदाको प्रमाणपत्र

दोहा – बहराइनका लागि नवनियुक्त नेपाली राजदूत तीर्थराज वाग्लेले ओहोदाको