नेपालमा थप १ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२ पुग्यो | Khabarhub Khabarhub

नेपालमा थप १ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२ पुग्यो


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा थप १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उदयपुरका ३३ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले मंगलबारको नियमित पत्रकार सम्मेलनमा १ जना कोरोना संक्रमित थपिएको बताए । नयाँ संक्रमित उदयपुरका ३३ वर्षका पुरुष रहेको प्रवक्ता देवकोटाको भनाइ छ ।

यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ३२ पुगेको छ । जसमध्येका ४ जना भने उपचार पछि निको भइसकेका छन् ।

यस्तै, उदयपुरकै अन्य व्यक्तिहरुको पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, कोशी प्रादेशिक अस्पतालको प्रयोगशाला र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण भइरहेको प्रवक्ता देवकोटाले बताए ।

प्रवक्ता देवकोटाका अनुसार उदयपुरमा थप १०० जनाको पीसीआर विधिबाट परीक्षण गर्ने गरी नमूना संकलन गरिएको छ । ती नमूनाहरु हाल परीक्षणका क्रममा रहेका प्रवक्ता देवकोटाले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा ३ सय ३३ वटा थ्रोड स्वाबको नमूना पीसीआर विधिबाट परीक्षण गरिएको डा देवकोटाले बताए । उनका अनुसार पीसीआर विधिबाट हालसम्म ८ हजार ७ सय ६३ जनाको नमूना परीक्षण गरिएको छ । यस्तै कुल संक्रमित जनामध्ये ४ जना निको भएर घर फर्किएको र २८ जना विभिन्न अस्पतालमा उपचारत रहेको डा देवकोटाको भनाइ छ ।

प्रवक्ता देवकोटाका अनुसार र्‍यापिट डाइग्रोस्टिक टेस्ट (आरडीटी) विधिबाट हालसम्म २७ हजार ९ सय ५६ वटा नमूना परीक्षण गरिएको छ । गत २४ घण्टामा मात्र २ हजार ८ सय ८ जनाको नमूना आरडीटीबाट परीक्षण गरिएको छ ।

प्रवक्ता देवकोटाका अनुसार आरडीटी विधिबाट हुने परीक्षण देशभरका ७७ वटै जिल्लामा शुरु भएको छ । आरडीटी विधिबाट गरिने परीक्षणका क्रममा व्यक्तिमा कोरोना संक्रमण भएको संकेत दिने एन्टिबडी पोजेटिभ देखिएमा पीसीआर विधिबाट पुन: परीक्षण गरिन्छ ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ४ : २९ बजे

भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए तीन करोड

दमौली– तनहुँको भिमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछ : मन्त्री भण्डारी

नारायणगढ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक

गोरखा– उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ महिनाको अवधिमा आठ

त्रिभुवन विमानस्थलबाट ८५० ग्राम सुन बरामद

काठमाडौं–  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक भारतीय महिलाको करिब ८५०

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

विराटनगर– कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार