लकडाउनका बेला महिलामाथि हुने हिंसाका घटनामा बृद्धि | Khabarhub Khabarhub

लकडाउनका बेला महिलामाथि हुने हिंसाका घटनामा बृद्धि


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि मुलुकभर लागू गरिएको लकडाउनमा महिलामाथि सबैभन्दा बढी घरेलु हिंसाका घटना बढेका पाइएको छ ।

महिला पुनःस्थापना केन्द्र (ओरेक) द्वारा सञ्चालित हटलाइन र मनोपरामर्शकर्तामार्फत लकडाउनपछि महिला तथा बालिकामाथि अभिलेखीकरण गरिएका घटना हेर्दा सामाजिक हिंसा, बलात्कार, आत्महत्या, दुव्र्यवहारलगायत भन्दा बढी घरेलु हिंसाका घटना देखिएका हुन् ।

ओरेकले सञ्चालन गरेका तीन हटलाइन र २८ जना मनोपरामर्शकर्तामार्फत १३ जिल्लाबाट लकडाउन शुरु भएदेखि ८३ वटा महिला तथा बालिकामाथि घटेका हिंसाका घटना अभिलेखीकरण गरेको छ । जसमा ४६ घरेलु हिंसा, नौ सामाजिक हिंसा, १४ बलात्कार, २ बलात्कारको प्रयास, १ हत्या, १ हत्या वा आत्महत्या अनुसन्धानको क्रममा रहेको, २ यौन दुर्व्यवहार घटना, ६ आत्महत्या, २ हत्याको प्रयासका घटना रहेका छन् ।

हिंसा गर्ने व्यक्तिमध्ये सबैभन्दा बढी ३७ श्रीमान् र १७ जना परिवारका सदस्य रहेको ओरेकले जनाएको छ । त्यसैगरी १९ घटनामा छिमेकी, दुई घटनामा प्रेमी ठानिएका व्यक्ति, एक घटनामा साथी, एक घटनामा घरमालिक रहेको पाइएको छ भने ६ घटनामा पीडकहरुको पहिचान हुन बाँकी रहेको ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानेले जानकारी दिए । बलात्कारका घटना भने १० छिमकीबाट, दुई परिवारका सदस्यबाट, एक प्रेमी ठानिएका व्यक्तिबाट र एक पहिचान नखुलेको व्यक्तिबाट भएको पाइएको छ ।

कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन हरेक व्यक्ति घरभित्रै बस्नुको विकल्प नभएको र यस्तो अवस्थामा हिंसा प्रभावित महिलाले आफूमाथि भएको हिंसालाई सहजरूपमा उजुरी गर्ने वातावरण तयार गर्न स्थानीय तह र सम्बन्धित निकायले आवश्यक सेवा सञ्चालन गर्नुपर्न ओरेकको सुझाव छ । साथै हाल महामारीको अवस्था छ भनेर महिलाका लागि संविधान र अन्य कानूनहरुले सुनिश्चित गरेका अधिकारलाई नकार्न नमिल्ने कार्यकारी निर्देशक न्यौपानेले बताए ।

ओरेकले महामारीको अवस्थामा हिंसाका घटनालाई तत्काल सम्बोधन गर्न अल्पकालीन सुरक्षित आवासको व्यवस्था गर्नुपर्ने, सबै अस्पतालमा गर्भवती र सुत्केरी महिलाका लागि आवश्यक पर्ने सेवा सञ्चालन गर्नुपर्ने, हिंसाको जोखिम न्यूनीकरणका लागि सबै क्वारेन्टाइनस्थलमा महिला, बालिका र लैङ्गिक तथा यौनिक पहिचान भएका व्यक्तिका लागि छुट्टै बस्ने व्यवस्थाका साथै छुट्टै चर्पी एवं नुहाउने ठाउँको व्यवस्था गर्नुपर्ने, गर्भवती, सुत्केरी, सानो बच्चा हुने महिला तथा ज्येष्ठ नागरिकका लागि क्वारेन्टाइनस्थलमा विशेष व्यवस्था र राहत वितरण गर्दा पौष्टिक खानेकुरालगायतका अन्य आवश्यकताको ख्याल गर्नुपर्ने सुझाव दिएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ४ : ०६ बजे

बिदा लिएर निजीमा काम गर्ने स्वास्थ्यकर्मीलाई मन्त्रालयको चेतावनी

काठमाडौं– स्वास्थ्य मन्त्रालयले सरकारी बिदा स्वीकृत गराएर निजी स्वास्थ्य संस्थामा

उपनिर्वाचनमा सहयोग पुर्‍याउन निर्वाचन आयोगको आग्रह

काठमाडौं– निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ,

मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्‍यो ?

काठमाडौं– सरकारले केही सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बिहिबार बसेको

सत्ता समीकरणमा कुनै समस्या छैन् : गृहमन्त्री लामिछाने

काठमाडौं– गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछानेले सत्ता

अफगानिस्तानमा बाढीका कारण ७० जनाको मृत्यु

काबुल– अफगानिस्तानमा हालै आएको बाढीका कारण ७० जनाको मृत्यु भएको