प्रवासीका नियात्रा र गजल सङ्ग्रह प्रकाशन गरिने | Khabarhub Khabarhub

प्रवासीका नियात्रा र गजल सङ्ग्रह प्रकाशन गरिने


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवद्र्धन समितिले प्रवासी नेपाली लेखकका कृति प्रकाशन गर्ने भएको छ ।

‘भिडियो कन्फ्ररेन्स’मार्फत बसेको समितिको बैठकले पहिलो चरणमा गैरआवासीय नेपालीका संस्मरण र नियात्रा तथा गजल सङ्ग्रह प्रकाशन गर्ने निर्णय गरेको हो ।

बैठकले प्रवासमा नेपाली भाषा र साहित्य प्रवद्र्धन गर्न नेपाल प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यलाई बढावा दिने निर्णयसमेत गरेको समितिले जनाएको छ ।

गैरआवासीय नेपाली लेखकको अभिलेख सङ्ग्रह तयार पार्ने, गैरआवासीय नेपाली साहित्य पुरस्कार कोष स्थापना गर्न छलफल अगाडि बढाउने, समितिको प्रकाशन तथा कार्यक्रमको कार्यतालिका तयार गर्ने र अनलाइन साहित्यक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको समितिका संयोजक हिक्मत थापाले जानकारी दिए ।

बैठकले कोभिड–१९ बाट ज्यान गुमाएका गैरआवासीय नेपालीप्रति श्रद्धान्जली व्यक्त गर्दै विरामीको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  २ : ५२ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म