ट्वीटर र टिकटकका फेक खाताले तनावमा वर्षा | Khabarhub Khabarhub

ट्वीटर र टिकटकका फेक खाताले तनावमा वर्षा


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका वर्षा शिवाकोटीका नामका टिकटक र ट्वीटर खाता भेटिन्छन् । कतिपय खातामा अपडेट पनि भइरहेको हुन्छ । जसकारण फ्यान झुक्किन्छन् । वर्षालाई भने फेक खाताले तनाव दिएको छ ।

यसैबीच वर्षाले टिकटक र ट्वीटरमा कुनै पनि आधिकारिक खाता नभएको बताएकी छिन् । उनी भन्छिन्, ‘ट्वीटर र टिकटकमा कतै पनि मेरो आधिकारिक खाता छैन ।’

फ्यान झुक्किएपछि वर्षा यी खाताविरुद्ध उजुरी गर्ने चेतावनी समेत दिएकी छिन् । लकडाउन खुलेपछि यी फेक खाताविरुद्ध ‘एक्सन’ लिइने उनले बताएकी छिन् ।

‘फेक आइडीबाट पोस्ट गरेर कसैलाई बदनाम गराउने कोशिश नगर्नुस्, लकडाउन खुलेपछि एक्सन लिइनेछ,’ वर्षा भन्छिन् ।

लकडाउनका बेला वर्षा घरमा पुस्तक पढ्ने र फिल्म हेर्ने गरिरहेकी छिन् । उनले मजदूरको सहयोगका लागि भन्दै हालै प्रधानमन्त्री राहत कोषमा रूपैयाँ एक लाख सहयोग गर्ने घोषणा गरेकी थिइन् ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ११ : ४७ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०