कोरोना संक्रमितबाट जोगिन नेपालमा नर्सिङ रोबोट प्रयोग गर्नेबारे छलफल | Khabarhub Khabarhub

कोरोना संक्रमितबाट जोगिन नेपालमा नर्सिङ रोबोट प्रयोग गर्नेबारे छलफल


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसका संक्रमितबाट जोगिन नेपालका अस्पतालहरुमा पनि नर्सिङ रोबोटको प्रयोग गर्नेबारेका चर्चा सुरु भएका छन् ।

चीन, इटाली, अमेरिका लगायतका मुलुकमा कोरोना संक्रमित बिरामीबाट स्वास्थ्यकर्मीलाई जोगाउन रोबोटको प्रयोग भएको बताइरहँदा नेपालमा पनि यसको उपयोगबारे चर्चा सुरु भएका हुन् ।

नेपालमा पनि नर्सिङ रोबोट तयारी अवस्थामा रहेको सेवा प्रदायक संस्था पाइला टेक्नोलोजीले जनाएको छ ।

टेक्नोलोजीका अनुसार यो रोबोटले बिरामीलाई आवश्यक खाना र औषधि उनीहरुसम्म पुर्‌याउन सक्नेछ ।

नर्सिङ रोबोटको गत शुक्रबार ललितपुरस्थित सुमेरु अस्पतालमा गरीएको परीक्षण सफल भएपछि स्वास्थ्य मन्त्रालयसँग यसको सेवाबारे आवश्यक परामर्श सुरु भएको पाइलाका संस्थापक विनय राउतले जानकारी दिए ।

उक्त रोबोटले स्वास्थ्यकर्मीलाई हेरचाह तथा औषधि उपचार लागि पटकपटक बिरामीसमक्ष गइरहनुपर्ने बाध्यता हटाई संक्रमणबाट बचाउने अपेक्षा गरिएको छ ।

नेपालमै पहिलोपटक रोबोटिक सेवा विस्तार गरेको पाइला टेक्नोलोजीले यसअघि बैंक, होटल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायतका ठाउँमा रोबोट सेवा शुरु गरिसकेको छ ।

उक्त संस्थाले रोबोट बाहेक सिकिस्त बिरामीको उपचारका लागि अत्यावश्यक भेन्टिलेटर पनि बनाउन थालेको जनाएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ९ : ०३ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका