भारतमा कोरोना संक्रमितको संख्या १८ हजार ५ सय नाघ्यो, ५९२ जनाको मृत्यु | Khabarhub Khabarhub

भारतमा कोरोना संक्रमितको संख्या १८ हजार ५ सय नाघ्यो, ५९२ जनाको मृत्यु


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतमा गएको २४ घन्टायता करिव एक हजार कोरोना भाइरसका नयाँ संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या १८ हजार ५  सय नाघेको छ ।

मंगलबार विहान समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरस संक्रमितहरूको संख्या १८ हजार ५३९ पुगेको छ ।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा देखिएका यी संक्रमितहरूमध्ये ३ हजार २७३ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म १४ हजार ६७४ बढी कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ३३ जना रहेको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ५९२ पुगेको छ ।

शुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरस (कोविड–१९) को संक्रमण रोक्न बन्दाबन्दी (लकडाउन) लाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ६ : २१ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका