कोरोना नियन्त्रणका लागि सरकार अब ‘एक्सन’मा - मन्त्री खतिवडा | Khabarhub Khabarhub

कोरोना नियन्त्रणका लागि सरकार अब ‘एक्सन’मा – मन्त्री खतिवडा


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थ, सूचना तथा सञ्चार प्रविधिमन्त्री डा युवराज खतिवडाले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकार एक्सनमा गएको बताएका छन् ।

आज (शनिबार) बसेको उच्चस्तरीय समितिको बैठकमा भएको छलफल बारे जानकारी दिँदै मन्त्री खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका नाममा शुक्रबार गरेको सम्बोधनको कार्यान्वयनका लागि प्रभावकारी कदम चाल्ने निर्णय भएको बताए ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन प्रभावकारी कदम चाल्ने भन्दै मन्त्री खतिवडाले त्यसको व्यवस्थापनका लागि विभिन्न ६ वटा कार्यदल गठन गरेको जानकारी दिए ।

स्थानीय, प्रदेश र केन्द्रीय तहबाट कोरोना संक्रमितको लागि राखिने क्वारेन्टाइन बनाइएको र सञ्चालनका लागि सरकारलाई अनुरोध आएको भन्दै खतिवडाले निर्माण भएका क्वारेन्टाइनलाई आइसोलेटेट गरी एकद्वार प्रणालीबाट सञ्चालन गरिने बताए ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  १० : २० बजे

तालढुङ्गालाई प्रदेशको नमूना सहर बनाइँदै

काभ्रे– विकट क्षेत्रमा सूचीकृत काभ्रेको खानीखोला गाउँपालिका–५ स्थित तालढुङ्गालाई बाग्मती

विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ

ताप्लेजुङ– ताप्लेजुङ जिल्ला विद्युत् उत्पादनको केन्द्र बन्दै गएको छ ।

१०७ वर्षअघिको विश्वास फर्काउँदै नरदेवी अस्पताल

काठमाडौं – शिक्षा र स्वास्थ्य आमनागरिकको सहज पहुँचमा नरहेको गुनासो

कोशी प्रदेशसभा बैठक बस्दै, संकल्प प्रस्ताव दर्ता गरिने

विराटनगर– कोशी प्रदेशमा राजनीतिक अन्योलताका बीच आज प्रदेश सभाको अधिवेशन

भारतको गुजरातमा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु

नयाँदिल्ली– भारतको गुजरातस्थित अहमदाबाद–वडोदरा एक्सप्रेस–वे मा भएको सवारी दुर्घटनामा १०