अस्पतालहरुमा ओपीडी सेवा बन्द नहुने | Khabarhub Khabarhub

अस्पतालहरुमा ओपीडी सेवा बन्द नहुने


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले देशभरका कुनै पनि अस्पतालको बहिरङ्ग (ओपीडी) सेवा बन्द नहुने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै अस्पतालका ओपिडी सेवा बन्द नहुने स्पष्ट पारेको हो ।

यसअघि मन्त्रालयले ५० शैय्या भन्दा माथिका अस्पतालमा अत्यावश्यक बाहेकका सेवा आगामी चैत मसान्तसम्मका लागि बन्द गर्न निर्देशन दिएको थियो ।

यसबाट अस्पतालहरुमा ओपीडी सेवा सञ्चालन गर्ने वा नगर्ने विषयमा द्विविधा उत्पन्न भएको भन्दै मन्त्रालयले विज्ञप्ति जारी गरेको हो ।

विज्ञप्तिमा ओपीडी सेवा सञ्चालनमै रहे पनि कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राखी अस्पतालमा भीडभाड कम गर्नका लागि अस्पतालले प्रदान गरिरहेका विस्तारित स्वास्थ्य सेवालाई २ साता बन्द गर्न आग्रह गरिएको छ ।

त्यस्तै, मन्त्रालयले अत्यावश्यक बाहेकका शल्यक्रिया र फलोअपका लागि आउने बिरामीलाई २ साताका लागि फलोअपमा नबोलाउन आग्रह गरेको छ ।

मन्त्रालयले हरेक अस्पताललाई ज्वरो आएका बिमारीहरुलाई लक्षित गरी फिभर क्लिनिक स्थापना गर्न समेत आग्रह गरेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ९ : ४६ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ