उपभोक्ताले ग्यास नपाएपछि सरकारले तोक्यो १७ ग्यास कम्पनीको रिटेल आउटलेट | Khabarhub Khabarhub

उपभोक्ताले ग्यास नपाएपछि सरकारले तोक्यो १७ ग्यास कम्पनीको रिटेल आउटलेट


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको बढ्दो सन्त्रासका बीच खाना पकाउने (एलपी) ग्यासको अभाव चुलिएपछि सरकारले व्यवसायीहरुसँगको सहकार्यमा अस्थायी रिटेल आउटलेटहरु सञ्चालनमा ल्याएको छ ।

उपभोक्ताहरुले सहज रुपमा ग्यास पाउने अपेक्षाका साथ सरकारले काठमाडौं उपत्यका र उपत्यका आसपासका जिल्लामा गरी १७ भन्दा ब९ी ग्यास कम्पनीका लागि अस्थायी रिटेल आउटलेटहरु सञ्चालनमा ल्याएको हो ।

सरकारले नेपाल तथा तारा ग्यासका लागि बालाजु, अनामनगर र सातदोबाटो, सगर तथा चण्डी ग्यासका लागि जडिबुटी तथा एसटीसी ग्यासका लागि कालिमाटी र जडिबुटीमा रिटेल आउटलेट तोकेको हो ।

यस्तै, ओम ग्यासका लागि भक्तपुरको थली तथा काठमाडौंको नैकाप, बाबा, श्री र लुम्बिनी ग्यासका लागि कपन, धुम्बाराही, एचपी ग्यासका लागि अशीम किचेन सप्लायर्स, सिद्धार्थ ग्यासका लागि इमाडोल, श्री माया ग्यासका लागि सतुंगल, लोकप्रिय ग्यासका लागि नैकाप, राजधानी ग्यासका लागि सितापाइला, सूर्य ग्यासका लागि सितापाइला, गीता ग्यासका लागि धुम्बाराही, हिमाल ग्इासका लागि भगवती वहाल, नमस्ते ग्यासका लागि कागेश्वरी मनहरा, भानु ग्यासका लागि गोगंबु, एभरेस्ट तथा सुगम ग्यासका लागि सिफल र श्रीराम ग्यासका लागि हरिसिद्धि ललितपुरमा रिटेल आउटलेट तोकेको छ ।

ग्यासका कम्पनीका लागि तोकिएका रिटेल आउटलेट र सम्पर्क नम्बर यहाँ उल्लेख गरिएको छ,

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ८ : ५१ बजे

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

क्यानबेरा– पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर गत

सोमेश्वर दर्शन गर्न दुई लाख भक्तजन पुगे

भरतपुर– चितवनको माडीस्थित सोमेश्वर कालिका मन्दिरमा चैतेदसैँ र रामनवमी पर्वमा दुई

पर्यटकको बसाइ लम्ब्याउन नयाँ गन्तव्यको खोजी

म्याग्दी– गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटकको

मनकामना केबलकार शुक्रबार बन्द हुने

नारायणगढ– मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द हुने

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद

गोदार– जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ