८ वर्षमा बिहे भएपछि कसरी एमबीबीएस पूरा गरिन रुपाले ? | Khabarhub Khabarhub

८ वर्षमा बिहे भएपछि कसरी एमबीबीएस पूरा गरिन रुपाले ?

पढ्ने दृढ इच्छाशक्तिले प्राप्त सफलता


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अधिकाशं विद्र्याथीहरु आफुले पढ्न नसक्नुको कारण भन्दै अनेक बाहना बताउँछन् । कतिले आर्थिक अभाव, पारिवारिक झमेला, विवाह वा अन्य विभिन्न कारण उनीहरुको अध्ययनको सपनाको बाधक बनेको सुनाउने गर्दछन् ।

तर भारतकी एक युवतीले इच्छाशक्ति भए पढाईमा कुनै अवरोध नै नहुने प्रमाणत नै गरेकी छन् । उनको दृढ इच्छाशक्ति, मेहनत र परिश्रमबाट एमबीबीएससम्मको अध्ययन पूरा गरेकी छन् ।

समयमा उपचार नपाउँदा काका भीमाराम यादवको हृदयघातका कारण मृत्यु भएपछि भारतको राजस्थानस्थित चौमूकी निवासी रुपा यादवले डाक्टर बन्ने सपना बुनिन् । तर मात्र आठ बर्षको कलिलो उमेरमा उनको विवाह भयो । कक्षा ३ मा अध्ययनरत रहदाँ नै विवाह भएपछि उनको अध्ययनको सपना अधुरो बन्यो ।

विवाहपछि बढेको जिम्मेवारी, घरको चार दिवाल भित्रको चुलाचौकाको काम उनको अध्ययनको बाधक थिए । तर यतिमा रुपाले हार मान्नेवाला कहाँ थिइन् र ? उनले पढाई प्रतिको लगन र मेहनत टुट्न दिइनन् । घरबाट तीन किलोमिटर हिडेर रेल चढ्ने ठाउँ पुग्नुपर्ने त्यहाबाट रेल चढेर अझ लामो यात्रा गरेपछि मात्र विद्यालय पुग्थिइन् रुपा ।

सानो उमेरमा बुहारी बनेकी रुपालाई घरको काम सकेर विद्यालय जान धौधौ पर्दथ्यो । तर उनले हिम्मत हारिनन् ।

रुपाको अध्ययनको रुचिलाई अर्को बाधक बनिदियो उनको आर्थिक अवस्था । कमजोर पारिवारिक आर्थिक अवस्था र विद्यालयको फी तिर्ने पैसा नहुदा पनि रुपाले हार मानिनन् । न त उनको हौसला नै डगमगायो ।

रूपाको यो हौसला देखेपछि उनका श्रीमान, भिनाजु र दिदीले उनलाई अध्ययनमा साथ दिने थाले । विवाहित महिलाले पढ्न नहुने मान्यताले भरिएको समाजमा एक्लि रुपाका लागी यी तीनै जना दिनभर मेहनत गर्दथे ।

श्रीमान दिउँसो खेतमा काम गर्थे बाँकी समयमा टेम्पो पनि चलाउथे । जसका कारण रुपाको सपना पुरा हुने भएको छ । उनले एनईईटीको परीक्षा पास गरी अल इण्डिया र्यान्किंगमा २२८३ र ओबीसीमा ६५८ र्यांक हासिल गरी अध्ययनको बाटो खोलेकी छन् ।

यहाँ अर्को रोचक कुरा त के छ भने रूपाको अध्ययनको रुचि देखेर उनका पति शंकरलाल यादवमा पनि पढाई प्रति रुचि जाग्यो । जसका कारण उनले पनि पढ्न थाले । यो बर्ष शंकरलाल एमए प्रथम वर्षमा अध्ययनरत छन् ।

जे होस् रुपाको अध्ययनको सपना साकार भएको छ, ८ वर्षमा बालिका बधु बनेकी रुपाको नामको अगाडी अब डाक्टर रुपा लाग्नेछ । डेल्लीहन्टबाट

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  १० : ३५ बजे

विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार

काठमाडौं–  विशेष गरी महिलाहरू एक अर्कामा सामानहरू साटासाट गरेर चलाउने

कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक अझै भेटिएनन्

घोडाघोडी– चार दिन अघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम

सबैभन्दा धेरै अपराध कोशी प्रदेशमा 

काठमाडौं– सात प्रदेशमध्ये सबैभन्दा धेरै गम्भिर प्रकारका अपराध कोशी प्रदेशमा

शिक्षाले मात्रै गाउँको परिवर्तन हुन्छ : मन्त्री राई

धनकुटा– खानेपानीमन्त्री राजेन्द्रकुमार राईले शिक्षाको विकासले मात्रै गाउँको परिवर्तन हुने

खुवालुङ : चुलियो चर्चा, संरक्षणको छैन सुरसार

किराती समुदायले आफ्नो आस्था केन्द्र रहेको भन्दै संरक्षणमा जुटेपछि एकताका