शिवरात्रिको महिमा र गरिमा « Khabarhub
Logo
२९ असार २०७७, सोमबार

शिवरात्रिको महिमा र गरिमा



शिवको अर्थ ज्ञान, वैराग्य, त्याग, विद्या र चैतन्यताको उच्च अवस्था हो । शिव ज्ञान र वैराग्यका प्रतिमूर्ति हुनुहुन्छ । ज्ञानमा प्रेम र करुणा हुन्छ । यसैले शिव प्रेम, करुणा र कल्याणकारी देव हुन् ।

भगवान् शिव दिगंम्बर, खरानी घस्ने, वाघको छाला ओड्ने, श्मशानमा बस्ने, सर्पको माला लगाउने, जटाजुट पाल्ने, दुःखी दरिद्रहरुका साथमा बसेको देखाइनुको अर्थ मायातित, अहिँसावादी, अहङ्काररहित, मृत्यलाई जितेको, समानता, न्यायप्रदाता भन्ने जनाउँछ ।

भगवानले  त्रिशुल लिनुको अर्थ संसारको दुःखरुपि त्रितापलाई खतम गर्न सक्ने, सज्जनको रक्षा गर्ने एवं दुर्जनलाई भयग्रस्त वनाउने भन्ने जनाउँछ । शिव सज्जनको रक्षक र दुर्जनहरुको लागि कालस्वरुप हुनुहुन्छ ।

सज्जनको रक्षक र अनाथको नाथ भएकोले शिवलाई भोलेनाथ भनिन्छ । डमरुले शव्द र नाद संगीतको संज्ञा दिन्छ भने गला र शिरको सर्पले काललाई बशमा गरेको संकेत देखाउँछ ।

गोरुमाथि चढ्नुको अर्थ निष्काम कर्ममा सदा तत्पर भई काम, क्रोध र लोभरुपि विषयलाई नियन्त्रण गर्न सक्ने पुरुषरुप दर्शाउँछ । सर्प जस्तो विषैविषले भरिएको जीवलाई बसमा राख्नुको अर्थ विषलाई पनि सहजरुपमा पचाउन सक्ने जनाउँछ ।

शिवको नाम नीलकण्ठ रहनुको अर्थ दुष्ट्याईं विचारलाई आफ्नै कण्ठमा राखी अरुलाई शान्तिमय विचार दिने भन्ने जनाउँछ

सुख, आनन्द, अमृतलाई भोग्न सबै तप्तर हुन्छन् । तर दुःख र पीडालाई कसैले पनि लिन चाहँदैनन् । शिवले संसारमा कालकुट विष उत्पक्ति हुँदा त्यसलाई पिएर संसारको रक्षा गर्नुभयो र दुःखलाई आत्मसात् गरेर अरुलाई कल्याण गर्नुभयो ।

कालकुट विषलाई हृदयमा पुग्न नदिइकन कण्ठमा राख्नुभयो । यसको अर्थ अरुको दोष आपूmले लिने र अरुलाई सुख र आनन्द बाँड्ने काम शिवले गर्नुभयो ।

शिवको नाम नीलकण्ठ रहनुको अर्थ दुष्ट्याईं विचारलाई आफ्नै कण्ठमा राखी अरुलाई शान्तिमय विचार दिने भन्ने जनाउँछ । अरुले केही नराम्रो गाली गर्यो भने त्यसको प्रतिउत्तर नगर्नु अर्थात् गलत विचार भित्र जान नदिई कण्ठमै राखी विष फैलिन नदिनु भन्ने आदर्शज्ञान शिवले दिनु भएको छ ।

शव्दवाणले कसैलाई पनि प्रहार गर्नुहुन्न र अरुको शव्दवाणलाई पनि लिनु हुँदैन भन्ने संकेत शिवले गर्नु भएको छ ।

एउटै गगनस्थित सूर्य अनन्त संसारमा प्रतिविम्बित भइरहेछ, त्यसरीनै निर्विकार, निराकार एवं चिदानन्द शिवको आभा संंंसारका प्राणीहरुमा प्रतिविम्बित भइरहेको हुन्छ । यसैले शिवका अनेकरुप, रङ्ग र रहस्यपूण कलाहरु छन् ।

शिवलाई अर्धनारीश्वर, शंकर, गौरीपति, महेश्वर, महादेव, पञ्चानन, महाकाल, निलकण्ठ, पशुपतिनाथ, महामृत्युञ्जय आदि हजारौं नामले पुकार गरिएको छ ।

शिवलाई संसारभरका सबैजसो मानिसले मानेको पाइन्छ । शिवको निवास कैलाशपर्वतलाई मानिन्छ । शिव उच्च पर्वतमा बसेर संसारीलाई शान्त, शितल र उच्च ज्ञान दिइराख्नु भएको छ ।

उच्चज्ञान र चरित्रमा रहनेलाई शिवजी कल्याण गर्नुहुन्छ भन्ने जनाउँछ । कैलाश पर्वतमा बस्नुको अर्थ उच्च चरित्रशील पुरुष भन्ने पनि जनाउँछ । शिव उच्चपर्वतमा बस्नु हुने भएकोले उहाँसम्म पुग्नलाई कठिन उकालो चढ्नु पर्दछ भन्ने कुरा जनाउँछ । त्यस्ता कठिनाई र संकटबाट विचलित नभईकन अगाडि बढ्ने साधक नै शिवको उपासक बन्नसक्छ । विना कठिन साधना शिवत्व प्राप्त हुनसक्दैन् । शिवत्वको झलक पाउनको लागि साधनाको निकै उचाईलाई छुन सक्नुपर्दछ ।

शिवलाई त्रिलोचन पनि भन्छन् । जसको अर्थ प्रत्यक्ष दुई आँखासहित विवेकरुपी तेस्रो आँखा भन्ने जनाउँछ । शिवको तीन आँखामा चन्द्र र सूर्य प्रत्यक्ष छ भने अग्नि अप्रत्यक्ष छ । चन्द्रले संसार, सूर्यले अन्तःकरण र अग्निले आत्मा, दिव्यज्ञान र विवेकदृष्टि जनाउँछ । शिवमा यिनै तीन तत्वज्ञान छिपेको छ । शिवको तेस्रो आँखा अग्नि हो ।

यसको अर्थ ज्ञानरुपी अग्निले नै काम, क्रोध, लोभ, राग, द्धेष, तृष्णा, कामना र आसक्तिलाई नाश गर्नसक्छ भन्न खोजेको हो । आसक्ति र वासनाले ज्ञानको ज्योतिमा पर्दा लाग्दछ । यसैले कामना नत्यागिकन सच्चा ज्ञान मिल्न सक्दैन । कामना र आसक्तिनै राक्षसी शक्ति हो । यसैले राक्षसी शक्तिले दुःख दिएको अवस्थामा ब्रह्मा र विष्णु पनि भगवान् शिवको आराधना गरेका थिए ।

शिवजी ज्ञानका प्रतीक हुनुहुन्छ भने विष्णु शान्ति, प्रेम र ऐश्वर्यका प्रतीक हुनुहुन्छ । यसको अर्थ ज्ञान मात्र भएर हुँदैन्, ज्ञानसंगै प्रेम पनि भयो भने त्यहाँ अनेक ऐश्वर्यहरु प्रकट हुन्छन् । त्यसैले शिवको संगसंगै विष्णुको पनि उपासना गर्नु पर्दछ ।

भगवान् विष्णुले शिवजीलाई प्रशन्न बनाउन सहस्र कमलको फूल चढाउनु भयो । सहस्र कमलको फूल चढाउँदा एक फूलको कमि भयो, त्यो एक फूलको सटृा विष्णुले आफ्नै नेत्र चढाएको हुनाले विष्णुदेखि शिव प्रशन्न भएर सुदर्शनचक्र र कमलको फूलजस्तै आँखा प्रदान गर्नु भयो । त्यसैले विष्णु कमलनयन नामले प्रख्यात हुनुभयो ।

शिवजी ज्ञानका प्रतीक हुनुहुन्छ भने विष्णु शान्ति, प्रेम र ऐश्वर्यका प्रतीक हुनुहुन्छ । यसको अर्थ ज्ञान मात्र भएर हुँदैन्, ज्ञानसंगै प्रेम पनि भयो भने त्यहाँ अनेक ऐश्वर्यहरु प्रकट हुन्छन् । त्यसैले शिवको संगसंगै विष्णुको पनि उपासना गर्नु पर्दछ ।

ज्ञानीलाई प्रेम र प्रेमीलाई ज्ञानको आवश्यकता हुन्छ । त्यसैले शिव विष्णुको र विष्णु शिवको आराधना गर्नुहुन्थ्यो । जहाँ ज्ञान र प्रेम हुन्छ त्यहाँ कल्याण नै कल्याण हुन्छ । यसैले शिव र विष्णुको महानता संसारमा पुज्यनीय एवं दर्शनीय छ ।

ज्ञान विना प्रेम अधुरो हुन्छ भने प्रेम विना ज्ञानको कुनै अर्थ छैन् । त्यसैले ज्ञान र प्रेम एकअर्काको पुरक हुन् । भोग र मोक्षको लागि शिवको व्रत एवं उपासना गर्नु पर्दछ भने ऐश्वर्य र सामथ्र्य पाउन विष्णुको उपासना गर्नुपर्दछ ।

शिव मत्र्य, अन्तरिक्ष र स्वर्ग तिनै लोकमा निवास गर्नुहुने भएकोले उहाँलाई त्रिपुरारी भनेर पुकारिन्छ । जहाँ शिव त्यहाँ सम्पन्नता, ज्ञानता र प्रशन्नता हुन्छ ।

अध्यात्म ज्ञानप्राप्तिको प्रमुख आधार शिव हुनुहुन्छ । ज्ञानप्राप्ति गर्नु नै मानव जीवनको उच्चतम् लक्ष हो । यसैले शिवरात्रिमा योगीहरु जप, तपस्या र ध्यानका क्रियाकलाप गर्दछन् । जुन कुरा सामान्य मानिसहरुका लागि अचम्म लाग्दछ । शिवरात्रिमा मन्दिर, चौबाटो, तीर्थ, नदी किनारहरुमा ध्वनि जगाएमा शिव खुशी हुन्छन् भन्ने विश्वास गरिन्छ ।

मायालाई जित्नको लागि योगीहरु शरीरमा लुगा नलगाई नाङ्गै मन्दिरमा खरानी घसेर बस्दछन् । लामा–लामा जटाजुट पालेका राता–राता आँखा भएका गाँजा र भाङ्ग खाएर मातिएका साधुहरुको भीड मन्दिरमा लाग्ने गर्दछ । चिसो बेलामा पनि रातभर अग्निको ध्वनि जगाई साधनामा तल्लीन हुन्छन् ।

मान्छे कामै–काम भन्दा–भन्दै आफू, आफ्नो आत्मा र इश्वरलाई पनि विर्सन्छ । यसैले आत्मा वा इश्वरलाई सम्झाउने दिनको नाम हो शिवरात्रि । नेपालको पशुपतिनाथ तथा अन्य चौसठृी शिवलिङ्ग एवं भारतका प्रसिद्ध तीर्थधामहरुमा शिवको विशेष आराधना हुन्छ ।

शिवतीर्थमा नाङ्गा बाबा तथा तपस्वी योगीहरु ध्वनि जगाएर शिवको पुजा गर्दछन् ।

मानिसले संसारमा जन्म लिएर धर्मको ख्याल गर्न सकिएन भने जीवन व्यर्थ हुनजान्छ । त्यसैले जीवन जिउनु ठूलो कुरो होइन, जीवनको मर्म अनुसार आफूलाई त्यस बाटोमा ह्रिँडाउन सक्नु यथार्थ हो । भोगको नाममा अनावश्यक समय खेर फाल्नु भने उचित होइन ।

साधनाको संगसंगै शिव उपासनाको आनन्द र तीर्थ भ्रमण गर्नु जीवनको मुलभूत कर्तव्य हो । यही नै शिवरात्रि पर्वको महिमा हो ।


भर्खर

0