शिवरात्रि : सडकमा डोरी राखेर पैसा उठाउँदै गरेका बालकलाई बसले ठक्कर दिँदा मृत्यु | Khabarhub Khabarhub

शिवरात्रि : सडकमा डोरी राखेर पैसा उठाउँदै गरेका बालकलाई बसले ठक्कर दिँदा मृत्यु


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका यात्रुबहाक बसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । शिवरात्रि मनाउँने क्रममा सडकमा डोरी टाँगेर पैसा उठाइरहेका बालकलाई बसले ठक्कर दिएको हो ।

दोलखाको सिंगटीबाट सदरमुकाम चरिकोटतर्फ आइरहेको अरनिको यातायातको बा ४ ख ५८०९ नम्बरको बसको ठक्करबाट कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ का बालक पुजन थामीको मृत्यु भएको हो ।

थामीलाई बसको पछाडितर्फको चक्काले किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  १ : ४९ बजे

पर्वतको पैयुँ पालिकामा बाँदर धपाउन कर्मचारी !

पर्वत– पर्वतका केही भागमा बाँदर आतङ्क बढेपछि दक्षिण पर्वतको पैयुँ

महाधिवेशन तयारीमा जुट्न एकीकृत समाजवादीको निर्देशन

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आसन्न

नेपालमा ७३ प्रतिशत परिवारले बोक्छन् स्मार्टफोन

काठमाडौँ– राष्ट्रिय तथ्यांक कार्यालयले नेपालका ७३ प्रतिशत परिवारले स्मार्ट फोन

सुन प्रकरणमा समातिएका उपाध्यक्ष महरालाई के गर्ने भन्नेमा माओवादी अनिर्णीत

काठमाडौँ– नेकपा माओवादी केन्द्रले सुन प्रकरणमा पक्राउ परेका पार्टी उपाध्यक्ष

प्रिओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौँ–  आज प्रिओपन सेसनमा नेप्से सूचक १ अंकले बढेको छ