खोलामा डुबेर एकको मृत्यु | Khabarhub Khabarhub

खोलामा डुबेर एकको मृत्यु


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम- खोलामा डुबेर इलाममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम देउमाई नगरपालिका–८ का १८ वर्षीय नवीन अधिकारी रहेका छन् ।

इलाम नगरपालिका–९ स्थित गुनमुने भन्ने ठाउँमा रहेको माईखोला ड्याममा पौडी खेल्ने क्रममा बिहीबार अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

खोलामा डुबेपछि अधिकारीका आफन्तले प्रहरी चौकी चिसापानीमा जानकारी गराएको थियो । त्यसपछि घटनास्थलमा पुगेको प्रहरी टोलीले शवलाई खोलाबाट निकालिएको थियो ।

साथीसँग हिँडेका अधिकारी कसरी डुबे भन्ने बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी विजय राईले जानकारी दिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  १ : २५ बजे

मिटरब्याज पीडितका गुनासा सुनुवाइका लागि सहजीकरण डेस्क स्थापना गर्न गृहको निर्देशन

काठमाडौँ– गृहमन्त्रालयले मिटरब्याज सम्बन्धी उजुरी, निवेदन र पीडितका गुनासा तत्काल

शुक्लाफाँटाका बेरोजगारलाई सय दिनको रोजगारी

कञ्चनपुर– प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत शुक्लाफाँटा नगरपालिकामा ५९ जनालाई सय दिनको

कोरोनाको प्रभाव कम हुँदा भाइरल सङ्क्रमणको डर

संसार स्प्रिङ ऋतु सुरु भएको छ। ठिक चार वर्षअघि संसारका

डेङ्गुविरुद्ध सचेतना : ‘खोज र नष्ट गर’ अभियान

तनहुँ– तनहुँको व्यास नगरपालिकाले डेङ्गु बारेमा स्थानीयलाई सचेत तुल्याउँदै लागि

२७ देशमा बसोबास गर्ने नेपालीभाषीको भेलाद्वारा बैङ्ककमा एएनओ गठन

बैङ्कक– विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीभाषीको थाइल्याण्डको राजधानी बैङ्ककमा