झापा गाउँपालिकाका सबै विपन्न समुदायलाई पक्की बनाइँदै | Khabarhub Khabarhub

झापा गाउँपालिकाका सबै विपन्न समुदायलाई पक्की बनाइँदै


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको झापा गाउँपालिकाले ‘फुस हटाऊँ, टिनको छाना लगाऔँ’ भन्ने अभियान नै चलाएर विपन्न समुदायलाई धमाधम घर बनाउँदै हस्तान्तरण गरिरहेको छ ।

सात वडा रहेको गाउँपालिकाले सबै वडाका विपन्न समुदायलाई हालसम्म ९० घर बनाएर हस्तान्तरण गरिसकेको पालिकाका अध्यक्ष जयनारायण यादवले बताए ।

विसं २०६८ को जनगणनाअनुसार ३६ हजार ६०१ जनसङ्ख्या रहेको गाउँपालिकामा हाल बढेर ५० हजार बढी रहेको उनको भनाइ छ ।

तीमध्ये २० प्रतिशत मुस्लिम, २० प्रतिशत सन्थाल गरी विभिन्न जातजातिको मिश्रित बसोबास रहेको गाउँपालिकामा ६० प्रतिशत विपन्न समुदायको बसोबास रहेको उनको भनाइ छ ।

गाँससँगै बास पनि महत्वपूर्ण रहेको बताउँदै अध्यक्ष यादवले भने, ‘सबै जनतालाई सुरक्षित बासको व्यवस्था गर्ने उद्देश्यले सहारा नेपालको ह्युमानिटी फर हेल्भेटाससँग मिलेर धमाधम कतै घर बनाइरहेका छौँ कतै हस्तान्तरण गरिसक्यौँ ।’

वर्षौंदेखि कच्ची घरमा बस्दै आएका सन्थाल समुदायलाई नै लक्षित गरी वडा नं २ मा रहेको पालिकाको तीन बिघा जमीनमा सङ्घीय सकारको तराई–मधेश कार्यक्रमअन्तर्गत रु ९५ लाखमा भूकम्प प्रतिरोधी २० घर गत आर्थिक वर्ष २०७५/७६ मा बनाएर हस्तान्तरण गरिएको पालिकाका इञ्जिनीयर अभिषेक दासले बताए ।

उनका अनुसार सोही आर्थिक वर्षको बजेटबाट ह्युमानिटी फर हेल्भेटासको प्रतिघर ७५ हजार र गाउँपालिकाको प्रतिघर रु ७५ हजार गरी रु एक लाख ५० हजारका दरले ४० वटा तीनकोठे पक्की घर निर्माण गरी बुधबार मात्र हस्तान्तरण गरिएको छ ।

पालिकाले आर्थिक वर्ष विसं २०७४/७५ मा ३० घर बनाएर हस्तान्तरण गरेको उनको भनाइ छ । उनका अनुसार सबैभन्दा बढी वडा नं १ को लसुनगञ्जमा ३४ घर बनाएर हस्तान्तरण गरिएको छ । घर पाउनेमा अधिकांश सन्थाल समुदायका छन् ।

अध्यक्ष यादवले गाउँपालिकाको जग्गामा थप भूकम्प प्रतिरोधी घर निर्माण गर्ने तयारी भइरहेको बताउँदै भने, ‘२० घर बनाएर राखिसक्यौँ थप घर बनाएर त्यहाँ सन्थाल समुदायलाई नै लक्षित गरी घरवास सञ्चालन गर्छौँ ।’

उनले सन्थाल समुदायको सांस्कृतिक र धार्मिक पहिचानलाई जीवन्त राख्ने उद्देश्यले ‘सन्थाल सामुदायिक एरिया’ नामकरण गरेर उनीहरुलाई आर्थिक उन्नयनमा लाग्न अभिप्ररित गरिने बताए ।

सहारा नेपालसँग मिलेर चालू आवमा १०० घर निर्माण भइरहेको बताउँदै उनले ४१ वटा एक हप्ताभित्रमा हस्तान्तरण गरिने र बाँकी बन्दै गरेको जानकारी दिए ।

गाउँपालिकामा थप २३० घर निर्माणका लागि तयारी हुँदै गरेको उनको भनाइ छ । जनप्रतिनिधि निर्वाचित भएर आएपछि विपन्न समुदायलाई लक्षित गरेर घर, बिजुली र पानीलाई बढी प्राथमिकतामा राखेको अध्यक्ष यादवको भनाइ छ ।

कच्ची घरमा जोखिमपूर्ण बसोबास गर्दै आएका सन्थाल परिवार नयाँ पक्की घर पाएपछि दङ्ग छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  १२ : ५९ बजे

प्रेम सम्बन्धको विवादले धनुषाको औराहीमा तनाव, प्रहरीले हान्यो ९ सेल अश्रुग्यास

धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच बिहीबार दिउँसो

सडक पहुँचसँगै ओलाङ्चुङगोला पुग्न सहज

फुङ्लिङ– ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट सात घण्टामै चीनको सीमावर्ती रहेको

विद्युत् आयात गर्नेबाट निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण उपलब्धि : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार भृकुटीमण्डपमा आयोजित हिमालयन हाइड्रो एक्स्पो

मनमोहन ज्येष्ठ नागरिकका सच्चा मित्र र असल नेता : विद्या भण्डारी

काठमाडौं- पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री स्वर्गीय

हुम्लाको चंखेलीका तत्कालीन निमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त