सामाजिक सुरक्षा कोषमा योगदानकर्ताले कर छुट पाउने | Khabarhub Khabarhub

सामाजिक सुरक्षा कोषमा योगदानकर्ताले कर छुट पाउने


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सामाजिक सुरक्षा कोषमा योगदान गर्ने श्रमिक र रोजगारदातालाई कर छुट दिने भएको छ ।

यो योजनामा बढी पारिश्रमिक लिने श्रमिक तथा कर्मचारीलाई आकर्षण गर्न कर योग्य आयको सीमालाई ३ लाख रुपैयाँबाट बढाएर ५ लाख रुपैयाँ पुर्‍याइएको हो ।

यसअघि आयकरमा पारिश्रमिक पाउने श्रमिक तथा कर्मचारीलाई कर छुटसहित ३ लाख रुपैयाँ राख्न पाउने प्रावधान थियो ।

सरकारले गत बर्षदेखि लागु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाताहरुको सहभागिता न्युन देखिएपछि सरकारले सामाजिक सुरक्षा योजनामा योगदानकर्ताको आकर्षण बढाउन आयकर लाग्ने सीमा बढाएको छ ।

सरकारले आफ्नो २ वर्षे कार्यकालको समीक्षा गर्दै सबै प्रकारका रोजगारीमा संलग्नहरुको भविष्यसँग जोडिएको र मुलुकलाई कल्याणकारी राज्यमा रुपान्तरण गर्ने कार्यक्रमलाई आम श्रमजीवी वर्गको तहमा विस्तार गर्न जरुरी भएकाले आयकरमा छुट दिएको जनाएको छ ।

वार्षिक ५ लाख रुपैयाँसम्म योगदान गर्ने योगदानकर्ताले सो रकमबापत कुनै पनि कर तिर्नु नपर्ने व्यवस्था गरेको सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताए ।

उनले भने ‘अहिले पनि ४ लाख ५० हजार बाहेक आयकरमा ३३ प्रतिशत कतै जम्मा गरेको अवस्थामा आयकरमा छुट हुने व्यवस्था रहेको छ । सामाजिक सुरक्षा योजना वर्षमा ५ लाखसम्म जम्मा हुने योगदानकर्ताका लागि पनि अब कर लाग्ने छैन।’

वार्षिक ५ लाख भन्दा बढी योगदान गर्ने योगदानकर्ताको हकमा भने आयकर ऐन अनुसार नै कर लाग्ने छ । सरकारले योगदानमा सामेल हुने चाहने श्रमिकको विरोधपछि करको सीमालाई बढाएर ५ लाख पुर्‍याएको हो ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई राष्ट्रिय अभियानको रुपमा प्रारम्भ गरिएपछि आयकरको विषयलाई लिएर बढी पारिश्रमिक लिने कर्मचारी योजनामा आबद्ध हुन अनिच्छुक भएपछि सरकारले कर छुटको योजना ल्याएको छ ।

आयकरको सिलिङका कारण कोषमा सूचीकृत हुने योगदानकर्तामा रहेको दुविधालाई सम्बोधन गर्न सरकारले आयकरको सीमालाई बढाएर ५ लाख पुर्‍याउन बाध्य भएको हो ।

सरकारले नयाँ युगको सुरुवात भन्दै थालनी गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग तुलना गर्दै आयकर छुट दिनुपर्ने श्रमिक तथा कर्मचारीको माग थियो ।

रोजगारजन्य आयमा दोहोर कर लाग्ने भन्दै करिब ७ हजार उच्च पारिश्रमिक पाउँदै आएका कर्मचारी योजनामा सामेल हुन मानेका छैनन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पनि यसअघि नै सामाजिक सुरक्षा योजनामा आवद्ध हुँदा श्रमिकले खाइपाइ आएको सुविधा सम्बन्धमा श्रम ऐनको दफा ३ मा श्रम ऐनमा व्यवस्था गरेका विषयहरु न्यूनतम मापदण्डको रुपमा रहने प्रावधान रहेको जनाएको थियो ।

ऐनमा हाल खाइपाइ आएको पारिश्रमिक एवं सुविधामा सामाजिक सुरक्षा योजना कार्यान्वयनको कारणबाट प्रतिकूल प्रभाव नपर्ने उल्लेख रहेको मन्त्रालयको भनाइ छ ।

ऐनको १७८ को उपदफा ३ मा ऐन जारी हुँदाका बखत प्रचलित कानुन वा सामूहिक सम्झौताद्वारा ऐनमा उल्लेख गरिएभन्दा बढी सुविधा प्राप्त गरिरहेका श्रमिकको सेवा, शर्त र सुविधामा ऐनमा उल्लेखित कुनै कुराले प्रतिकूल असर पारेको मानिने छैन भनिएको छ ।

सामाजिक सुरक्षा योजनामा गएको कारण कुनै पनि श्रमिकको खाइपाइ आएको सेवा सुविधा घटने व्यवस्था नराखिएको मन्त्रालयले प्रष्ट पारेको छ ।

‘यस योजनाले काम गर्ने र काम गराउने दुवै पक्षलाई उत्तिकै लाभ पुर्‍याउँछ,’ प्रधानमन्त्री केपी शर्मा ओलीको वक्तव्यमा भनिएको छ, ‘श्रम सम्बन्धलाई उद्यम र व्यवसायमैत्री बनाउन उद्योगी व्यवसायी र श्रमिकहरुलाई यस अभियानमा ढिलो नगरी सूचीकृत हुन आह्वान गर्न चाहन्छु ।’

केन्द्रीय तथ्यांक विभागका अनुसार हालसम्ममा सामाजिक सुरक्षा कोषमा १ लाख ४९ हजार ३ सय ५ श्रमिक र १२ हजार १ सय ९७ रोजगारदाता सहभागि भएका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  १० : ४७ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०