पशुपति दर्शन : यी हुन् चार दर्शनमार्ग र पार्किङ क्षेत्र | Khabarhub Khabarhub

पशुपति दर्शन : यी हुन् चार दर्शनमार्ग र पार्किङ क्षेत्र

भक्तजनको आवगमनलाई प्रभाव परेमा सवारीसाधनलाई डाइभर्सन गरिने


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । आज महाशिवरात्रि पर्व आराध्येदेव भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइँदैछ । काठमाडौंको पशुपतिनाथ मन्दिरमा यस दिन १० लाखभन्दा बढी दर्शनार्थीले पूजाआाराधना गर्ने गरेका छन् ।

वैदिक सनातन हिन्दू धर्मालम्बीहरु बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई भक्तिपूर्वक पूजा–आराधना गर्छन् ।

हरेक वर्ष झैं यो वर्षपनि शिवको रुप धारण गर्दै ५ हजारभन्दा बढीको संख्यामा साधुसन्तहरु पशुपतिनाथ आइसकेका छन् भने मुख्य प्रवेशद्धारामै उनीहरुलाई राखिएको छ ।

उनीहरुका लागि आवश्यक निःशुल्क भोजन, पानी, चिया र वसोवास समेतको व्यवस्था मिलाएको छ साथै चिसोबाट बच्नका लागि धुनीको व्यवस्था पनि मिलाइएको छ ।

महाशिवरात्रि पर्वको पर्सिपल्ट प्रतिपदाका दिन बाटो खर्च सहित साधुसन्तहरुका लागि विदाइ व्यवस्था पशुपति क्षेत्र विकास कोषले गर्नेछ ।

साथै शिवरात्रिका दिन हुने अनैतिक क्रियाकलाप तथा पाशुपत् क्षेत्रमा पर्न जाने समस्या लाई ख्याल गरि ५ सय जना ट्राफिक प्रहरी खटेका छन् ।

त्यस्तैगरी भक्तजनको सहजताका लागि ५ सयभन्दा बढी स्वयम्सेवकहरु परिचालन गरिएको छ ।

साथै लाइनमा बसेका बिरामीलाई लक्षित गरेर स्वास्थ्य शिविर पनि सञ्चालन हुनेछ । ३३ वटा स्वास्थ्यसँग सम्बन्धित संस्थाले सेवा प्रदान गर्नेछन् ।

लामो समयसम्म लाइन बसेका भक्तजनहरु शारीरिक रुपमा अशक्त, स्वास्थ्य अवस्था कमजोर र रिगँटा लागेर ढल्ने जस्ता समस्या देखिने हुँदा तुरुन्त चेकजाँचका लागि आकस्मिक उपचारका लागि यो व्यवस्था गरिएको हो ।

यी हुन् ४ दर्शनमार्ग

शिवरात्रिका अवसर पारी पशुपति क्षेत्रमा चारैवटा ढोका खुला रहने खतिवडाले जानकारी दिए । भक्तजनले आफूलाई पायक पर्ने स्थानबाट मन्दिर प्रवेश गर्न सक्नेछन् ।

चावहिल–मित्रपार्क–गौरीघाट भएर जाने भक्तजनका लागि उमाकाण्ड–दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वरबाट उत्तरढोकाको व्यवस्था गरिएको छ ।

त्यस्तै जयबागेश्वरी–ईंटापाखा भएर भुवनेस्वरस्थित फलामको सानो ढोकाहुँदै पश्चिम ढोकाको व्यवस्था गरिएको छ ।

त्यसैगरी एयरपोर्ट–गौशाला–पिंगलास्थान हुँदै सुमार्गी भवन अगाडीबाट आउने भक्तजनका लागि दक्षिण ढोकाबाट प्रवेश गर्न पाइने व्यवस्था मिलाइएको छ भने चार शिवालय राममन्दिरतर्फ समेत आवश्यकताअनुसार लाइन राखिनेछ ।

साथै नित्य दर्शनार्थीहरुका लागि बिहान ७ बजेभित्र भुवनेश्वरस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ ।

जुन दर्शनमार्गबाट मन्दिर प्राङ्गण गरिन्छ सोही मार्ग हुँदै बाहिरिने व्यवस्था मिलाइएको छ । त्यसैगरी पूर्वी ढोकालाई कोषले वैकल्पिक रुपमा खुला राखिने जनाएको छ ।

कुन रुटबाट आउनेलाई कहाँ पार्किङ ?

एयरपोर्ट हुँदै पशुपति मन्दिर आउने विदेशी पर्यटक, दुइ पांग्रे सवारी साधनका लागि तिलगंगा र वाइसियल मार्गमा पार्किङको व्यवस्था गरिएको छ ।

त्यस्तै नक्साल कालोपुल हुँदै पशुपतिनाथ दर्शनका लागि आउनेलाई सिफल चौर र अमलकोटमा पार्किङको व्यवस्था गरिएको कोषले जनाएको छ ।

त्यसैगरी सुरक्षा निकाय तथा सरकारी सवारी साधनलाई महानगरीय प्रहरी वृत्त गौशला र बाग्मती करिडोरमा व्यवस्था मिलाइएको छ भने जोरपाटी चावहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारी पार्किङको व्यवस्था गरिएको कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले बताए ।

यी रुटमा सवारी अवरोध, डाइभर्सन गरिने

शिवरात्रि अवधिभर भक्तजनहरुका लागि सरल एवं सहज रुपमा आवागमनको व्यवस्था मिलाउनका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले ५ सय जना ट्राफिक प्रहरी परिचालन गरेको छ ।

महाशाखाका प्रवक्त्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले दर्शनार्थीको अत्याधिक चाप भएको खण्डमा केही समयका लागि वैकल्पिक सडकको प्रयोग गर्न डाइभर्सन गरि आवगमनको व्यवस्था गरिने बताए ।

‘गौशाला चोक हुँदै चल्ने यातायात सेवा प्रभावित हुने देखिएमा यात्रुको सुविधालाई मध्यनजर गर्दै गौशाला क्षेत्र भइ चल्ने सवारी साधनलाई डाइभर्सनको व्यवस्था मिलाइनेछ’ उनले भने, ‘त्यस्तै तिलगंगा, गौशाला, मित्रपार्क र चावहिल भइ चल्ने मालवाहक सवारी साधनहरुलाई भने तिनकुने सिनामंगल चावहिअ नारायणटार, चुच्चेपाटी, सुकेधारा, नयाँबानेश्वर लगायतका स्थानबाट पठाइनेछ ।’

पशुपति क्षेत्रमा आउने भक्तजनका लागि कुनै पनि प्रभाव हुन नदिन यो व्यवस्था गरिएको उनले बताए । यी स्थानहरुबाट गौशाला क्षेत्र प्रवेश लगाई बैकल्पिक सडक प्रयोग व्यवस्था गरिएको श्रेष्ठले खबरहबलाई जानकारी दिए ।

४ स्थानमा जुत्ताचप्पलको कक्षको व्यवस्था

दर्शनार्थीलाई पायक पारेर कैलाशमुनि रुद्रगाडेश्वर दर्शनमार्गमा जुक्ताचप्पलको कक्षको व्यवस्था मिलाइएको छ ।

त्यस्तै भुवनेश्वरी नजिक, बज्रघर दक्षिणतर्फ, राममन्दिर नजिक (बागम्ती पारी) गरी चार ठाउँमा जुत्ताचप्पल कक्षको व्यवस्था मिलाइएको छ ।

साथै दर्शन सकेर बाहिर निस्कने स्थान नजिक कोरक्षेत्रभित्र सानो सदावर्त सत्तल अगाडी र बाहिरी क्षेत्रमा उमाकुण्ड, मित्रपार्क, तीलगंगा, गौशालामा समेत गरी पाँच स्थानमा चन्दनको वितरण व्यवस्था समेत मिलाइएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ७ : ३१ बजे

प्रभु बैंकका ग्राहकलाई स्काइवाक टावरको टिकट खरिदमा विशेष छुट 

काठमाडौं– प्रभु बैंक लिमिटेडका ग्राहकहरूलाई स्काइवाक टावरको टिकट खरिदमा छुट दिन

प्रमुख प्रशासकीय अधिकृत अर्याल सम्मानित

काठमाडौं– चन्द्रागिरि नगरपालिकाको ऐतिहासिक, धार्मिक एवं सांस्कृतिकस्थल संरक्षणमा अतुलनीय योगदान

इरानले इजरायलमाथि गरेको आक्रमणले मध्यपूर्वमा तनाव 

जेरुसेलम– इरानले इजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा तनाव बढाएको

अर्घौ मौलाकालिका मन्दिरमा मूर्ति समर्पण

गण्डकी– पोखरा महानगरपालिका-२८ स्थित अर्घौ मौलाकालिका भगवती मन्दिरमा धार्मिक अनुष्ठान

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील