खप्तड गोल्डकप फुटबल प्रतियोगिता आजदेखि | Khabarhub Khabarhub

खप्तड गोल्डकप फुटबल प्रतियोगिता आजदेखि


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- ‘नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप फुटबल प्रतियोगिता २०७६’ को तयारी पूरा भएको छ ।

आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै स्थानीय रङ्गशालामा आजदेखि आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो ।

आयोजक क्लबका अध्यक्ष सुरेश हमालले प्रतियोगिताको उद्घाटन खेलमा वाग्मती क्लब सिराहा र कञ्चनजङ्घा फुटबल क्लब भारतबीच प्रतिस्पर्धा हुने जानकारी दिए ।

प्रतियोगिताको विजेतालाई २१ लाख एक तथा उपविजेतालाई १० लाख एक सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही १५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई जनही १० हजार पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगितको आयोजनामा एक करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ । सुदूरपश्चिम खप्तड गोल्डकप सुदूरपश्चिम प्रदेशका हुने एकमात्रै गोल्डकप हो ।

‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटबल विकासको अभियान’ भन्ने नारासहित सुदूरपश्चिम– ११ स्पोर्टस क्लबले विगत चार वर्षदेखि यो प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

विद्यालयमा तेक्वान्दो अनिवार्य

धनगढी उपमहानगरपालिकाका सरकारी तथा निजी विद्यालयमा तेक्वान्दो खेल प्रशिक्षणलाई अनिवार्य गरिने भएको छ । उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड र नेपाल तेक्वान्दो सङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष प्रदीप थापाबीच तेक्वान्दो खेललाई विद्यालयमा अनिवार्य गर्ने विषयमा एक सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।

सुदूरपश्चिम प्रदेशमा तेक्वान्दो खेलको विकासको लागि कोरियाको तेक्वान्दो प्रमोशन फाउण्डेशनले इच्छा व्यक्त गर्दै सहयोग पनि पुर्‍याउन लागेकाले विद्यालय तहमा तेक्वान्दो अनिवार्य गर्न पहल गरिएको उपमहानगरपालिकाका प्रमुख वडले जानकारी दिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ७ : १५ बजे

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५