कर्मचारी समायोजनले स्वास्थ्य क्षेत्र प्रभावित भयो : मन्त्री ढकाल | Khabarhub Khabarhub

कर्मचारी समायोजनले स्वास्थ्य क्षेत्र प्रभावित भयो : मन्त्री ढकाल


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कर्मचारी समायोजनले स्वास्थ्य क्षेत्र प्रभावित बनेको बताएका छन् ।

आज बैतडीको पाटन नगरपालिका–८ स्थित खोडपेमा नवनिर्मित सिद्धेश्वर स्वास्थ्यचौकी भवन उद्घाटन समारोहमा उनले समायोजनले गर्दा अहिले विभिन्न स्वास्थ्य संस्थाहरुमा कर्मचारी अभाव भएको बताए ।

‘स्वास्थ्यका कर्मचारी अभावप्रति गम्भीर ध्यानाकर्षण भएको छ’, उनले भने, ‘समायोजन प्रक्रिया चाँडै टुङ्गिने र स्वास्थ्यका कर्मचारी अभाव रहने छैन, त्यसका लागि सरकार लागिपरेको छ।’

मन्त्री ढकालले स्वास्थ्यका उपकरण कमी रहेकाले परिपूर्ति गर्न आफू लागिपरेको बताए ।

‘सरकारले नागरिकका आधारभूत आवश्यकतामध्येको स्वास्थ्यका लागि लागिपरेको छ’, उनले भने, ‘नागरिकको स्वास्थ्य सेवाप्रति सरकार गम्भिर छ, जनशक्ति थप गरेर भए पनि स्वास्थ्य सेवा घरदैलोमै पुगाउँछौँ ।’

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ९ : १० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०