धादिङ मिनी ट्रक दुर्घटनामा ज्यान गुमाउने सातै जनाको सनाखत | Khabarhub Khabarhub

धादिङ मिनी ट्रक दुर्घटनामा ज्यान गुमाउने सातै जनाको सनाखत


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज अपराह्न धादिङमा भएको मिनी ट्रक दुर्घटनामा ज्यान गुमाउनेहरुको सनाखत भएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेहरुमा नीलकण्ठ नगरपालिका–२ भुलभुलेका सेते गुरूङ, प्रेमबहादुर गुरूङ, ध्वजबहादुर गुरूङ, बेलबहादुर गुरूङ, विदुर गुरूङ, तिलकबहादुर गुरूङ र पूर्ण नारायण श्रेष्ठ रहेका छन् ।

दुर्घटनामा २५ जनाभन्दा बढी घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते ११ जनालाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।

घाइतेहरुलाई काठमाडौं ल्याउन गएको हेलिकोप्टर

अन्य घाइतेको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ । सामान्य घाइते भएकाहरु उपचारपछि घर फर्किएका छन् ।

मंगलबार अपराह्न ग–१ ख ८०१२ नम्बरको मिनी ट्रक नीलकण्ठ नगरपालिका–८ मैदी भञ्ज्याङमा दुर्घटना भएको थियो ।

नीलकण्ठ नगरपालिका– १ भुलभुलेबाट ढोला मण्डलीमा पूजा गर्न गई फर्किने क्रममा उक्त ट्रक दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ८ : ३७ बजे

एलोन मस्कको  भारत भ्रमण स्थगित

नयाँदिल्ली– अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका

कुम्भमेलामा १० दिनमा दुई लाख दर्शनार्थी सहभागी

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा सञ्चालन भइरहेको १२ वर्षे पिण्डेश्वर

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु