सभामुखका लागि आज उम्मेदवारी दर्ता, सापकोटाको मनोनयनमा नेम्वाङ प्रस्तावक | Khabarhub Khabarhub

सभामुखका लागि आज उम्मेदवारी दर्ता, सापकोटाको मनोनयनमा नेम्वाङ प्रस्तावक


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको सभामुख पदका लागि सार्वजनिक निर्वाचत कार्यतालिका अनुसार आज (मंगलबार) उम्मेदवारहरुको प्रस्ताव (मनोनयन) दर्ता हुँदै छ ।

संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सभामुख पदका उम्मेदवारहरुको प्रस्ताव दर्ता हुन लागेको हो ।

मंगलबार नै सभामुख पदका लागि प्रस्ताव (मनोनय) दर्ता भएका उम्मेदवारको सूची पनि प्रकाशन गरिने छ ।

प्रतिनिधिसभाको सभामुख पदका लागि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई उम्मेदवार बनाउन निर्णय गरिसकेको छ ।

सापकोटाले अबको केही बेरमा सभामुख पदका लागि उम्मेदवार दर्ता गर्ने जनाइएको छ ।

सापकोटाले नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको प्रस्तावमा सभामुखका लागि उम्मेदवारी दर्ता गर्न लागेका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने सभामुखमा उठाउने उम्मेदवारको टुंगो लगाएको छैन ।

कांग्रेसले नेकपासँग उपसभामुख पद आफूले पाउनु पर्ने माग अगाडि सारेको छ । नेकपाले उपसभामुखमा समर्थन नगर्ने संकेत गरेपछि मात्रै सभामुखका लागि उम्मेदवार उठाइने कांग्रेस नेताहरुको भनाइ छ ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ११ : ५१ बजे

बालाजुस्थित बाइसधारामा विशेष मेला

काठमाडौं– चैत शुक्ल पूर्णिमा दिन मंगलबार ऐतिहासिक महत्व बोकेको काठमाडौंको

अमिरको नेपाल भ्रमण : भैरहवा-कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह

भैरहवा– नेपाल भ्रमणमा आउन लागेका कतारका अमिरको भ्रमणका अवसरमा भैरहवाको

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं- मलेसियाको सुपर वुमन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय महिला

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक पत्रकारको मृत्यु

जनकपुर– धनुषामा सडक दुर्घटनामा परी आज एक जना पत्रकारको मृत्यु

काभ्रेको कुतालमा छ्योर्तेन निर्माण

धुलिखेल– काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ कुतालमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण