स्वामी विवेकानन्दका मननयोग्य भनाइहरु | Khabarhub Khabarhub

स्वामी विवेकानन्दका मननयोग्य भनाइहरु


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्वामी विवेकानन्द एक कर्मयोगी सन्त, हिन्दुदर्शनका चिन्तक एवम् एक कर्मठ समाजसेवी थिए । पिता विश्वनाथ दत्त र माता मुवनेश्वरीदेवी दत्तका जेष्ठ सुपुत्रका रुपमा उनको जन्म १८६३, जनवरी १२ मा भारतको कलकत्तामा भएको थियो ।

सानैदेखि आध्यात्मिक चिन्तमा रमाउने विवेकानन्दले पूर्वीय दर्शन, धर्म साहित्य र ज्ञानविज्ञानका क्षेत्रमा दक्षता र निपूर्णता हासिल गरे ।

स्वामी विवेकान्द आफूमा भएको विलक्षण प्रतिभाकै कारण विश्वप्रशिद्ध बन्न पुगे । उनका केही जीवनपयोगी भनाइ यस्ता छन्–

–दिनमा एकपटक आफैँसँग कुरा गर्नुहोस्, अन्यथा तपाईं यस संसारमा एक उत्कृष्ट व्यक्तिलाई भेट्ने अवसर गुमाउनु हुने छ ।

–यदि म मेरो असीम गल्तीहरूको बाबजुद पनि आफैँलाई माया गर्न सक्छु भने केही गल्तीहरूको झलकमा म कसैलाई कसरी घृणा गर्न सक्छु ।

– आफ्नो जीवनमा जोखिम लिनुहोस् । यदि तपाईं जित्नुभयो भने, तपाईं नेतृत्व गर्न सक्नुहुन्छ र यदि तपाईं हार्नुभयो भने, तपाईं मार्गदर्शन गर्न सक्नुहुन्छ ।

– जसले तिमीलाई मद्दत गरिरहेको छ तिनीहरूलाई बिर्सनु हुँदैन । जसले तिमीलाई माया गर्दै छ, तिनीहरूलाई घृणा गर्नु हुँदैन । जसले तपाईंलाई विश्वास गर्दै छ, तिनीहरूलाई धोका दिनु हुँदैन ।

– अरूबाट राम्रो चिजहरू सिक्नुहोस् तर त्यसलाई ल्याएर आफ्नै तरिकाले अवशोषित गर्नुहोस् । अरू जस्तो नबन्नुहोस् ।

– मानिस रुपैयाँविना गरिब हुँदैन तर सपना र महत्वाकांक्षाविना वास्तवमै गरिब हुन्छ ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  १० : २२ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन