भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको प्राणी उद्यान बन्दै | Khabarhub Khabarhub

भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको प्राणी उद्यान बन्दै


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भकतपुर- सूर्यविनायकमा निर्माणाधीन राष्ट्रिय प्राणी उद्यानलाई अन्तर्राष्ट्रियस्तरको जैविक अध्ययन केन्द्र बनाइने भएको छ।

नेपालमा त्यस्तो जैविक अध्ययन केन्द्र अहिलेसम्म निर्माण भएको छैन। अन्तर्राष्ट्रियस्तरमा भने भारतको चण्डीगढमा यस्तै प्रकृतिको प्राणी उद्यान निर्माण भएको छ।

उद्यानमा आउने अवलोकनकर्ताले नेपालमा पाइने सबै जनावर र चराचुरुङ्गीको एकै स्थानमा बसेर सजिलै अध्ययन र अवलोकन गर्न सकिने गरी उद्यानको गुरुयोजना निर्माण गरिएको छ।

उद्यानमा नेपालमा पाइने सबै प्रजातिका जनावर बाघ, गैँडा, हात्ती, चित्तल, मृग, नीलगाई, चौरीगाई, गोही, झारल, हुँडार, हाब्रे, बाँदर, अजिङ्गरलगायत सबै प्रजातिका चरा राखिने छ।

यहाँका जनावर र चराचुरुङ्गीको सहजै अवलोकन र अध्ययन गर्न सकिने गरी प्राणी उद्यान निर्माण गर्न लागिएको हो। सूर्यविनायक नगरपालिकाको वडा नं. ६, ७ र ८ क्षेत्रको २४५ हेक्टर जमिनमा प्राणी उद्यान निर्माण हुन लागेको हो।

त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थानका सहायक डिन जीवनाथ पाण्डेले प्राणी उद्यान क्षेत्रमा सातवटा क्षेत्र (जोन) निर्माण गरिने र जनावरको स्वभावअनुसार उक्त क्षेत्रमा राखिने गरी गुरुयोजना निर्माण गरिएको जानकारी दिए ।

पाण्डेले भने, ‘प्राणी उद्यान निर्माण सम्पन्न भएपछि उद्यानको अध्ययन र अनुसन्धान गर्न राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सम्बन्धित व्यक्तिको आकर्षण बढ्ने छ।’

प्राणी उद्यानको भू–बनोट जनावर र चराचुरुङ्गीका लागि अनुकूल हुने गरी कतै ओसिलो, कतै पारिलो त कतै समथर र कतै उच्च भाग रहेको छ। प्रत्येक क्षेत्रमा छुट्टाछुट्टै जनावर र जीवजन्तुको अध्ययन अनुसन्धानका लागि पार्क, वन्यजन्तु उपचार केन्द्र, जियोलोजिकल लाइब्रेरी, बोटानिकल लाइब्रेरी, सभा हल, वन्यजन्तुसम्बन्धी अनुसन्धान केन्द्र, वन्यजन्तु शैक्षिक प्रदर्शनी स्थान, मनोरञ्जनात्मक पार्क निर्माण गरिने छ।

सूर्यविनायकमा निर्माण हुन लागेको प्राणी उद्यान केन्द्रीयस्तरको र सातवटै प्रदेशमा प्रदेशस्तरीय प्राणी उद्यान निर्माण गरिने गुरुयोजनामा उल्लेख छ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ७ : १० बजे

भूकम्पीय जोखिम न्यूनीकरणका लागि बृहत् फोटो प्रदर्शनी

काठमाडौं– भूकम्पीय जोखिम न्यूनीकरणका लागि सचेतना फैलाउने उद्देश्यले बुधबार बृहत्

महोत्तरीमा आगलागी हुँदा ३० घर जलेर नष्ट

जनकपुरधाम– महोत्तरीमा आगलागी हुँदा करिब ३० वटा घर जलेर नष्ट

मानपुर-बुलिङटार सडक खण्डमा कालोपत्र गरिँदै

तनहुँ– तनहुँको मानपुर-डेडगाउँ-बुलिङटार सडक खण्डको ११ किलोमिटर कालोपत्र सुरु गरिएको

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत– कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको

हामीले चुनाव जितिसक्यौँ, आयोगले घोषणा गर्न मात्रै बाँकी छ : स्वर्णीम वाग्ले

इलाम– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले इलामको निर्वाचन आफूहरूले