पुनर्निर्माणको पहिलो किस्ता लिएका भूकम्पपीडितको अध्ययन हुँदै | Khabarhub Khabarhub

पुनर्निर्माणको पहिलो किस्ता लिएका भूकम्पपीडितको अध्ययन हुँदै


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पहिलो किस्ताको अनुदान लिएर हालसम्म पनि बनाउन शुरु नभएका घरका विषयमा अध्ययन गर्न प्रभावित जिल्लाका स्थानीय तहमा सामाजिक परिचालक खटाउने भएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले आज विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा आयोजना गरेको भूकम्पपछिको पुनःनिर्माण पुनःस्थापनामा सदाचार विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प प्रभावित ३२ जिल्लामा ९८८ दक्ष निर्माणकर्मी पनि खटाउन लागिएको जानकारी दिए ।

‘शहरी क्षेत्रको पुनःनिर्माण ग्रामीण भेगको तुलनामा ढिलो भएको छ, शहरी क्षेत्रमा टेको लगाएर राखिएका घरका सम्बन्धमा स्थानीय तहका जनप्रतिनिधिसँग सहकार्य गरेर किन बनेन भनी खोजी गर्ने तयारीमा प्राधिकरण छ, जनताको घर किन बनेन भनी खोज्नु जनप्रतिनिधिको पनि दायित्व हो’, उनले भने ।

शहरी क्षेत्रमा बहुस्वामित्वका घरका बारेमा कार्यविधि ल्याएर समस्याको समाधान गर्न लागिएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए । वसन्तपुर दरबार क्षेत्रको वृहत्तर गुरुयोजना निर्माण गरी प्रहरी कार्यालय, सेनाका केही संरचना र विद्यालय गाभेर खुला ठाउँको व्यवस्था गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले सांस्कृतिक सम्पदा पहिले जस्तो थियो त्यस्तै स्वरुपमा बनाउन आफू लागिपरेपछि रानीपोखरीलाई प्रताप मल्लकालीन स्वरुपमै अन्तिम चरणमा पुगेको बताए ।

‘विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रको विश्वरुप मन्दिर चार वर्ष बितिसक्दा पनि पुनःनिर्माण शुरु भएन, यसका बहुमूल्य काठ र पुरातात्विक महत्वका कलाकृति पनि घाम एवं पानीले बिग्रिएको छ, प्लाष्टिकले छोपेर समेत राखिएन, पशुपतिका कतिपय संरचनामा कङ्क्रिट हालेर हात्तीपाइले बनाउन थालेपछि महानगरपालिकाको नेतृत्वमा रोक्नु परेको छ’, उनले भने ।

पशुपतिका सम्पदा महानगरलाई बनाउन दिए तयार रहेको समेत उपप्रमुख श्रेष्ठले बताए । टिआई नेपालका अध्यक्ष एवं सरकारका पूर्व सचिव खेमराज रेग्मीले भूकम्पपछिको पुनःनिर्माणमा सदाचार कायम गर्न सरकारसँग मिलेर अति प्रभावित १४ जिल्लामा काम गरिरहेको बताए ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ६ : ५६ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन