अफगानिस्तानमा पाकिस्तानी प्रधानमन्त्रीको विरोध | Khabarhub Khabarhub

अफगानिस्तानमा पाकिस्तानी प्रधानमन्त्रीको विरोध


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अफगानिस्तानमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानको विरुद्धमा यहाँका केही स्थानहरुमा नागरिकहरुले विरोध प्रदर्शन गरेका बताइएको छ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खान हाल अफगानिस्तानको भ्रमणमा गएको बेलामा उनका विरुद्धमा अफगानिस्तानका केही ठाउँमा विरोध भएको हो ।

पाकिस्तानले आतंकवादीहरुलाई बस्न दिएको र सहयोग गरेको भन्ने आरोपमा उनका विरुद्धमा यो प्रदर्शन गरिएको बताइएको छ । हालैमात्र एक अन्तर्राष्ट्रिय प्रतिवेदनमा पाकिस्तानमा आतंकवादीहरुको बसोबास रहेको भन्दै एक समाचार सार्वजनिक भएको थियो ।

यसै विषयलाई लिएर अफगानिस्तानका केही स्थानमा पाकिस्तानले आतंकवादीलाई बस्न दिन नहुने भन्दै प्रधानमन्त्री इमरान खानका विरुद्धमा यो प्रदर्शन गरिएको हो । प्रधानमन्त्री इमरान खान अफगानिस्तानका राष्ट्रपति असरफ घानीको आमन्त्रणमा अफगानिस्तान भ्रमणका लागि बिहीबार काबुल पुगेका छन् ।

खान प्रधानमन्त्री भएपछिको यो उनको पहिलो पटक अफगानिस्तान भ्रमण भएको बताइएको छ । उनले अफगानिस्तानमा रहँदा हाल अफगानिस्तान सरकार र त्यहाँका तालिबानहरुले थालेको शान्ति वार्ताको विषयमा कुराकानी गर्नुहुने बताइएको छ ।

हाल अफगानिस्तानको सरकार र यहाँ सशस्त्र हिंसा गरिरहेका तालिबानहरुका बीचमा शान्ति वार्ता शुरु भएको छ । गएको दुई महिना अघिदेखि नै कतारको दोहामा शुरु भएको भनिएको सो वार्तामा भएको प्रगतिको बारेमा भने केही बताइएको छैन ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ८ : ४९ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०