राहदानी नवीकरण गर्न दमाम र जुवेलमा अस्थायी कार्यालय सञ्चालन गरिने | Khabarhub Khabarhub

राहदानी नवीकरण गर्न दमाम र जुवेलमा अस्थायी कार्यालय सञ्चालन गरिने


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कोरोना महामारीका कारण नेपाली श्रमिकहरुलाई मध्यनजर गर्दै साउदीस्थित नेपाली दूतावासले दमाम र जुवेलमा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गर्ने भएको छ ।

दूतावासले एक सूचना जारी गर्दै साउदीको राजधानी रियाद भन्दा टाढा रहेका सेवाग्राहीलाई पायक पर्ने स्थानबाटै राहदानी नविकरण सेवा प्रदान गर्ने उद्देश्यले पहिलो चरणमा अस्थायी कार्यालय राखेर सेवा दिन लागेको जनाएको छ ।

दूतावासका अनुसार राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि आगामी ४ डिसेम्बरमा दमाममा र डिसेम्बर ११ मा जुवेलमा अस्थायी कार्यालय सञ्चालन गरि सेवा दिन लागेको जनाएको छ ।

अस्थायी कार्यालय राख्ने स्थान र समय पछि जानकारी गराइने जनाएको छ । साथै, राहदानी आवेदन फाराम संकलन गर्दा अनलाइन फाराम भरेकाहरुलाई पहिलो प्राथमिकता दिइने समेत दूतावासले जनाइएको छ ।

No description available.

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ६ : ३८ बजे

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६

दिल्लीद्वारा गुजरातलाई २२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई

भोजपुर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर