युगान्डामा भएको हिंसात्मक प्रदर्शनमा ज्यान गुमाउनेको संख्या १६ पुग्यो | Khabarhub Khabarhub

युगान्डामा भएको हिंसात्मक प्रदर्शनमा ज्यान गुमाउनेको संख्या १६ पुग्यो


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कम्पाला– पूर्वी अफ्रिकी मुलुक उगान्डाको राजधानी कम्पालामा बुधबार भएको हिंसात्मक प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १६ जना पुगेको छ ।

राष्ट्रपतिका विपक्षी उम्मेदवार रोबर्ट क्यागुलानीलाई गिरफ्तार गरेको विरोधमा भएको प्रदर्शनले हिंसात्मक रुप लिएपछि प्रदर्शनमा उत्रिएका व्यक्तिहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।।

प्रहरी स्वास्थ्य सेवाका निर्देशक मोजेज ब्यारुहांगाले मुलागो राष्ट्रिय अस्पतालमा उपचार गराइरहेकामध्ये १६ जनाको मृत्यु भएको जानकारी दिए । उनले मृतकमध्ये एक जना महिला रहेको बताए ।

उनीहरुलाई गोली लागेको तथा अश्रुग्यासबाट श्वास फेर्न कठिनाई भएको निर्देशक मोजेजले बताए ।

अस्पतालका उपनिर्देशक रोजमेरी ब्यानयीमाले अस्पतालमा ४६ जना घाइते भर्ना भएको जानकारी दिए ।

देशका विभिन्न भागमा भएका प्रदर्शनमा अरु पनि कैयौं व्यक्ति घाइते भएको प्रहरीको भनाई छ । यसर्थ घाइते र मृतकको संख्या अरु बढ्न सक्ने प्रहरी प्रवक्ता प्याट्रिक ओन्याङ्गोले बताए ।

उगान्डाको राष्ट्रिय चुनाव आयोगले यसै महिनाको शुरुमा आगामी राष्ट्रपतिको चुनावमा ११ जना उम्मेदवारको नाम सार्वजनिक गरेको थियो । चुनावमा वर्तमान राष्ट्रपति योओरी मुसेभेनी छन् । उगान्डामा सन् २०२१ मा राष्ट्रपतिको चुनाव हुँदैछ ।

कोरोनाभाइरसको संक्रमण बढ्नै भन्दै निर्वाचन आयोगले २०० जनाभन्दा बढी व्यक्तिलाई भेला, सभा वा जुलुसमा सहभागी नहुन अनुरोध गरेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ६ : ०० बजे

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका- १, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

युद्धका लागि उमेर पुगेका नागरिकलाई युक्रेनले स्वदेश फिर्ता बोलाउने

युक्रेन – सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश