युट्युबमा रिलिज भयो विपिन र नम्रताको 'प्रसाद' (फिल्मसहित) | Khabarhub Khabarhub

युट्युबमा रिलिज भयो विपिन र नम्रताको ‘प्रसाद’ (फिल्मसहित)


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निश्चल बस्नेत, विपिन कार्की र नम्रता श्रेष्ठको शीर्ष भूमिका रहेको फिल्म ‘प्रसाद’ युट्युबमार्फत रिलिज गरिएको छ ।

डिजिटल प्लेटफर्ममा रुचाइएको युट्युबममा यो फिल्म ओएसआर डिजिटलमार्फत बिहीवार सार्वजनिक गरिएको हो ।

हलमा रिलिज हुँदा राम्रो तारिफ पाएको यो फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन् ।

फिल्मले एक अन्तर्जातीय बिहेको कथालाई भन्ने प्रयास गरेको छ । सुशील पौडेलले तयार पारेको फिल्मको स्किृप्ट विवादमा पनि तानिएको थियो ।

यस्तै फिल्ममा बसुन्धरा भुसाल, विनोद भट्टराई, लोकमणि सापकोटा लगायतका कलाकारको समेत अभिनय रहेको छ ।

सुभास थापाले निर्माण गरेको फिल्मलाई राजेश श्रेष्ठले छायांकन भिडियोग्राफी गरेका हुन् । फिल्ममा समावेश ‘लै लै’ र ‘बनकी चरी’ गीत चर्चामा छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  २ : ४३ बजे

यस्तो छ १६ औँ योजनाको मस्यौदा

सरकारले १६ औँ योजनाको मस्यौदा ल्याएको छ । उक्त योजनाको

राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन

काठमाडौं– चलचित्र विकास बोर्डले २४औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय

चुरेमा छवटा सिँचाइ योजनाको काम सुरु

गोदावरी– कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं– त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण र

थाइल्यान्डमा ‘लु’ बाट ३० जनाको मृत्यु

बैंकक– यस वर्ष लुबाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले