चीन र ताइवानका कूटनीतिज्ञबीच कुटाकुट | Khabarhub Khabarhub

चीन र ताइवानका कूटनीतिज्ञबीच कुटाकुट


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीन र ताइवानका कूटनीतिज्ञबीच फिजीको राजधानीमा कुटाकुट भएको छ।

गत अक्टुबर ८ तारिखका दिन फिजीको राजधानीमा भएको एक कार्यक्रममा कूटनीतिज्ञहरुबीच कुटाकुट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

फिजीस्थित ताइवानी व्यापारिक कार्यालयले स्वतन्त्रता दिवस मनाउँदै गरेको कार्यक्रममा दुई जना चिनियाँ कुटनीतिज्ञ प्रवेश गरेर अनाधिकृत कार्य गरेको विषयमा कुटाकुट भएको जनाइएको छ ।

सो कार्यक्रममा दुईजना चिनियाँ कूटनीतिज्ञ पनि प्रवेश गरेर अनाधिकृत रुपमा कार्यक्रमको तस्वीर लिएको र त्यहाँका अतिथिबारे जानकारी दिएको ताइवानले आरोप लगाएको छ ।

तर, चीनले भने आफ्ना अधिकारीहरु एक सार्वजनिक स्थानमा रहेको बेला आक्रमण भएको बताएको छ। चीनले अनाधिकृत राष्ट्रिय झण्डा, केक बनाइएकोसमेत दाबी गरेको छ ।

ताइवानले पनि आफ्ना कूटनीतिज्ञ घाइते भएको र अस्पतालमा उपचार गराइएको जनाइएको छ।

केहीसमय यता ताइवान र चीनबीच तनाव बढिरहेको छ। चीनले सैन्य हस्तक्षेप गरेर भए पनि ताइवानमाथि कब्जा गर्ने धम्की दिँदै आएको छ।

 

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  १० : १५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०