कञ्चनपुरमा सशस्त्रका तीन 'बिओपी' स्थापना | Khabarhub Khabarhub

कञ्चनपुरमा सशस्त्रका तीन ‘बिओपी’ स्थापना


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- सीमा क्षेत्रको सुरक्षार्थ सशस्त्र प्रहरीका आज कञ्चनपुरमा तीन वटा बोर्डर आउट पोष्ट(बिओपी) स्थापना  गरिएको छ ।

पुर्नवास नगरपालिका ११ डोकेबजार, सोही नगरपालिकाको वडा नं ४ आँपताल र वडा नं ६,७,८ को खड्डाकंकडमा सशस्त्र प्रहरीका बोर्डर आउट पोष्ट स्थापना गरिएको हो ।

स्थापना गरिएका आउट पोष्टको सशस्त्र प्रहरीको अत्तरियास्थित नं ७ वैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायवमहानिरीक्षक (डिआइजी) हरिशंकर बुढाथोकीले उद्घाटन गरे ।

उनले सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरण गर्न र सीमा क्षेत्रको सुरक्षार्थ सशस्त्र प्रहरी तैनाथ गरिएको बताए ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी झलारीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले सीमा क्षेत्रको सुरक्षाका लागि पर्याप्त सुविधा नभएपनि सीमा रक्षाका लागि जवानले इमान्दारपूर्वक कार्यक्षेत्रमा काम गरेको जनाए ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ९ : ३१ बजे

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्