कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न कांग्रेसको माग | Khabarhub Khabarhub

कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न कांग्रेसको माग


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले नेपालको संविधान, कानूनी व्यवस्था र चुनावमा जनतासामु गरिएको प्रतिबद्धतानुसार कोभिड–१९ संक्रमणको परीक्षण र उपचारको दायित्वबाट वर्तमान सरकार पन्छिन नमिल्ने जनाएको छ ।

कांग्रेस केन्द्रीय संगठन विभागले आज विज्ञप्तिमार्फत नेपालको संविधानले स्वास्थ्यसम्बन्धी हकलाई मौलिक हकका रुपमा व्यवस्था गरेको, जनस्वास्थ्य ऐनले सरुवा रोगको निःशुल्क उपचार गर्ने व्यवस्था गरेको तथा सर्वोच्च अदालतले आधारभूत स्वास्थ्य नागरिकको मौलिक हक भनेको कुरा स्मरण गराएको छ ।

सरकारले कोरोनाका बिरामीको उपचार खर्च सरकारले नव्यहोरी जनता आफैँले व्यहोर्नुपर्ने भनी गरेको निर्णयप्रति विभागले आपत्ति प्रकट गरेको छ ।

तत्कालीन बाम गठबन्धन (नेकपा एमाले र माओवादी केन्द्र) को चुनावी घोषणापत्रमा पनि सबै नागरिकलाई सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने लेखिएको स्मरण गराउँदै विभाग प्रमुख गोपालमान श्रेष्ठले जनभावनानुसार तुरुन्त उक्त निर्णय सच्याउन सरकारसँग माग गरेका छन् ।

उनले आवश्यक मात्रामा क्वारेन्टाइन, आइसोलेसन, आइसियु, भेन्टिलेटर, रेमडिसिभर औषधिलगायत व्यवस्था गरी कोरोना संक्रमणबाट जनताको जीवन रक्षा गर्नु सरकारको दायित्व भएको उल्लेख गरे ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ८ : ५८ बजे

नेपाल सेमिफाइनलबाट बाहिरियो, एशिया कपमा छनौट हुन असफल

काठमाडौँ– नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ ।

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बहिष्कार गर्ने

पोखरा– नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने निर्णय

दयाहाङको सफलतामा लुकेको रहस्य

काठमाडौं– अहिलेका सर्वाधिक व्यस्त नायक हुन् दयाहाङ राई । विसं

महाजात्राले कमायो २६ करोड ६५ लाख

काठमाडौं– ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट

काठमाडौं– नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको