फेसबुकमा 'बलात्कारी संगठन' बनाउने अर्का एक पक्राउ | Khabarhub Khabarhub

फेसबुकमा ‘बलात्कारी संगठन’ बनाउने अर्का एक पक्राउ


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले सामाजिक सञ्जाल फेसबुकमा रेपर एसोसियसन (बलात्कारी संगठन) नामक पेज तथा ग्रुप बनाउने अर्का एक जनालाई पनि पक्राउ गरेको छ ।

केही दिन अघि नवलपरासीबाट एक जना पक्राउ गरेको साइबर ब्यूरोले मंगलबार पाल्पाबाट अर्को एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा माथागढी १ पाल्पाका अभिषेक नेपाल रहेको ब्यूरोले जनाएको छ । रेपर एसोसियसनको नाममा बलात्कार जस्तो जघन्य अपराध गर्न दुरुत्साहन गर्ने तवरले अश्लील तथा आपत्तिजनक सामग्री पोस्ट र कमेन्ट गर्ने लगायतका कार्य भइरहेको गुनासो आएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।

ब्यूरोले गत शुक्रबार प्युठान झिम्रुक गाउँपालिका ७ घर भई हाल कावासोती नगरपालिका १६ बस्ने १९ वर्षीय नवीन बस्नेतलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ८ : २९ बजे

अखाद्य तरकारी र फलफूलको आयात रोक्न माग

झापा– मेची उद्योग वाणिज्य संघले भारतबाट आयातित अखाद्य तथा गुणस्तरहीन

कोशी प्रदेश सभामा संकल्प प्रस्ताव पेश

विराटनगर- कोशी प्रदेशमा संकल्प प्रस्ताव भएको छ । नेकपा एमाले

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व संकलन 

चौतारा– चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा

अवैध लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौं– महोत्तरी र बाराबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

झापामा तीन लाख बराबरको धनमाल चोरी

झापा– झापामा तीन लाख बराबरको धनमाल चोरी भएको छ ।