अक्षयलाई निर्माता बनाएर निर्देशनमा फर्किदै छन् प्रियदर्शन | Khabarhub Khabarhub

अक्षयलाई निर्माता बनाएर निर्देशनमा फर्किदै छन् प्रियदर्शन


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शनको जोडीलाई ठूलो पर्दामा सुपरहिट मानिन्छ । हेरा फेरी, भागमभाग लगायतका सफल फिल्म निर्देशन गरिसकेका प्रियदर्शन, अक्षयसंग हमेसा हिट साबित भएका छन् ।

यसैबीच अक्षय र प्रियदर्शनले साथमा फेरि काम गर्ने चर्चा चुलिएको छ । यसबारेमा स्वयम् प्रियदर्शनले जानकारी दिएका छन् । तर यस पटकको चलचित्रमा अक्षयले अभिनय भने गर्ने छैनन् । उनी प्रियदर्शनको चलचित्रको निर्माता बन्ने छन् ।

प्रियदर्शनले अक्षयले निर्माण गर्ने चलचित्रका लागी कथा फाइनल भए पनि स्टारकाष्ट बाँकी रहेको बताएको छन् । उनले अक्षयले आफुलाई भरोसा गरी काम दिएकोले यस फिल्मको काम निकै सहज हुने बताएका छन् ।

पछिल्लो समय प्रियदर्शनले अक्षयसंग फिल्म खट्टा मीठामा काम गरेका थिए । यो फिल्मले खासै राम्रो सफलता भने पाएन । अक्षयको आगामी प्रोजेक्टको कुरा गर्ने हो भने बैल बटम र लक्ष्मी बम्ब रिलिज हुने तयारीमा छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ८ : ४३ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन