प्रदेश २ मा थप ४ संक्रमितको मृत्यु | Khabarhub Khabarhub

प्रदेश २ मा थप ४ संक्रमितको मृत्यु


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- प्रदेश नम्बर २ मा आईतबार कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ भने ८२ जना संक्रमित थपिएका छन् ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज र गजेन्द्रनारायण सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा १२ महिला र ७० पुरुषगरि कुल ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश–२ का निमित्त निर्देशक विजयकुमार झाले जानकारी दिए ।

२४ घण्टामा थपिएका संक्रमितसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार ९ सय ४६ पुगेको छ । हालसम्म प्रदेशमा २ हजार ३१ महिला र १० हजार ९ सय १५ पुरुष संक्रमित रहेको जनाइएको छ ।

त्यसमध्ये रौतहटमा सबैभन्दा बढी कोराना संक्रमण पुष्टि भएको छ । रौतहटमा आजमात्र २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै सप्तरी र सिरहामा १८, पर्सामा १२ र सर्लाहीमा ८ मा पुष्टि भएको छ भने ३४ जना संक्रमित निको भएर आफ्नो घर फर्किएका छन् ।

प्रदेशका ३२ पुरुष र २ महिला निको भएर घर फर्केका हुन् । योसहित प्रदेशमा निको हुनेको संख्या ७ हजार ४४ पुगेको छ । अहिलेसम्म निको हुनेहरुमा ८ सय ४ महिला र ६ हजार २ सय ४० जना पुरुष रहेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ७ : ०६ बजे

खुवालुङ : चुलियो चर्चा, संरक्षणको छैन सुरसार

किराती समुदायले आफ्नो आस्था केन्द्र रहेको भन्दै संरक्षणमा जुटेपछि एकताका

शिक्षामन्त्री सुमनाले बूढानीलकण्ठको सूचना सुनाएपछि…

काठमाडौं- शिक्षामन्त्रीको जिम्मेवारीमा जनताले युवा एवं उर्जाशील व्यक्तिलाई पाएका छन्

४३९ नेपालीको भागमा जम्मा एक प्रहरी 

काठमाडौं– संयुक्त राष्ट्र संघ (युएन) को मापदण्ड अनुसार कम्तिमा ३३३

सेयर बजारमा सामान्य सुधार

काठमाडौं– बिहीबार नेप्से परिसूचक ४.७८ अंकले बढेको छ। अघिल्लो कारोबार

पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने