पठनपाठन शुरु गर्ने तयारीमा कैलालीका विद्यालय | Khabarhub Khabarhub

पठनपाठन शुरु गर्ने तयारीमा कैलालीका विद्यालय


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- कोरोना भाइरसको महामारीले ६ महिनादेखि बन्द कैलालीका विद्यालय सञ्चालनको तयारी भएको छ ।

महामारीका कारण २०७६ चैत ६ गतेदेखि बन्द भएका शैक्षिक संस्थाको पठनपाठनका लागि कैलालीका स्थानीय तहले प्रक्रिया शुरु गरेका छन् ।

सरकारले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका–२०७७ जारी गरेसँगै कैलालीको टीकापुरलगायतका स्थानीय तहले सामुदायिक तथा संस्थागत विद्यालयको वैकल्पिक माध्यमबाट पठनपाठनका लागि प्रक्रिया शुरु गरेका हुन् ।

असोज १ गतेबाट विद्यालयहरुले विद्यार्थी भर्ना कार्यक्रम शुरु गरेका छन् । लामो समयसम्मको बन्दका कारण विद्यालय जानबाट वञ्चित बालबालिका पनि विद्यालय सञ्चालन हुने भएपछि उत्साहित भएका छन् ।

टीकापुर नगरपालिका क्षेत्रभित्रका संस्थागत तथा निजी विद्यालयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई भर्ना कार्यक्रम, पाठ्यपुस्तक वितरणलगायतका काम शुरु गरेका छन् भने सामुदायिक विद्यालयले पनि भर्ना प्रक्रियालाई अगाडि बढाएका छन् ।

टीकापुर नगरपालिका शिक्षा शाखाका प्रमुख दमनसिंह चौधरीले टीकापुरको हकमा अनलाइन, अफलाइन, दूरशिक्षालगायतका प्रविधिबाट पठनपाठन शुरु हुने गरी प्रक्रिया अगाडि बढेको बताए ।

‘हामीले विद्यालय सञ्चालनका लागि छलफल शुरु गरेका छौँ । विद्यालय नै खोलेर पठनपाठन गर्न सक्ने अवस्था पनि छैन’, उनले भने, ‘अहिले विद्यार्थी भर्ना तथा अभिलेखीकरणको काम विद्यालयले शुरु गरेका छन् । अभिलेखीकरणको काम सकिएपछि कसरी अगाडि बढ्ने ? भन्ने विषयमा छलफल गरी पठनपाठनलाई सहज गराइने छ ।’

अनलाइन तथा रेडियो शिक्षालाई सञ्चालनका लागि आह्वान गरिए पनि सबै विद्यालय अनलाइन इन्टरनेटको पहुँचमा नभएपछि विद्यालय नै सञ्चालनको तयारी भएको उनले बताए ।

टीकापुर नगरपालिकामा ३४ सामुदायिक र ४० निजी तथा संस्थागत विद्यालयमा करिब ४५ हजार विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।

त्यस्तै भजनी नगरपालिकामा पनि पठनपाठन सञ्चालन गर्नका लागि प्रक्रिया अगाडि बढेको नगरपालिकाका शिक्षा शाखा प्रमुख देवराज अवस्थीले बताए ।

विद्यार्थीको भर्ना तथा अभिलेखीकरण गर्ने काम शुरु भएको बताउँदै सरकारले जारी गरेका मापदण्डानुसार शैक्षिक गतिविधि अगाडि बढाइने उनले बताए ।

भजनी नगरपालिकामा ३९ सामुदायिक र १५  निजी तथा संस्थागत विद्यालय सञ्चालनमा छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का कैलाली जिल्ला अध्यक्ष डिल्लीराज रेग्मीका अनुसार हप्तामा दुई विद्यार्थीलाई स्वअध्ययन सामग्री वितरणका लागि विद्यालय सञ्चालन गरिन लागिएको छ ।

सीमित विद्यार्थीलाई आलोपालो विद्यालय बोलाएर स्वअध्ययन सामग्री उपलब्ध गराइने र आवश्यक गृहकार्य दिने गरी विद्यालय सञ्चालनको प्रक्रिया अगाडि बढाइएको उनले बताए ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ११ : ३४ बजे

गठबन्धनबाट दुइ-चार सिट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौँ : बास्कोटा

काठमाडौं– नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले चुनावपुर्व

मिनिट्रक दुर्घटनामा घाइते भएका बालकको मृत्यु

मलेखु– धादिङको नीलकण्ठ नगरपालिका-५ खाल्टेमा आइतबार मिनिट्रक दुर्घटनामा परी घाइते

पूर्वेली दर्शक भेट्न निस्किए ‘डिग्री माइला’का कलाकार

काठमाडौं– नयाँ वर्षलाई लक्षित गरी ल्याइएको फिल्म ‘डिग्री माइला’का बारेमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी

प्रधानमन्त्रीसँगको भेटमा झलनाथ खनालले के भने ?  

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ