अमेरिकी सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदमा महिलालाई नै नियुक्त गर्ने ट्रम्पको प्रतिबद्धता | Khabarhub Khabarhub

अमेरिकी सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदमा महिलालाई नै नियुक्त गर्ने ट्रम्पको प्रतिबद्धता


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदमा महिलालाई नै नियुक्त गर्ने प्रतबिद्धता जनाएका छन् ।

सर्वोच्च अदालतकी न्यायाधीश रुथ बेडर गिन्सबर्गको ८७ वर्षको उमेरमा शुक्रवार निधन भएपछि उक्त रिक्त स्थानमा आउँदो साता महिलालाई नै नियुक्त गर्ने ट्रम्पले जनाएका हुन् ।

ट्रम्पका डेमोक्र्याट प्रतिद्वन्द्वी जो बाइडनले गिन्सबर्गको ठाउँमा अर्को न्यायाधीश ल्याउनका लागि नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावसम्म पर्खिनुपर्ने बताएका छन् ।

अमेरिकी कानुनका महत्त्वपूर्ण मुद्दामा निर्णय सुनाउनका लागि नौ सदस्यीय अदालतको सैद्धान्तिक सन्तुलन निकै महत्त्वपूर्ण मानिने गरिएको छ ।

सत्ताइस वर्ष सेवा गरेकी गिन्सबर्ग अदालतकी चार उदारवादी न्यायाधीशमध्येको एक भएको बीबीसीले जनाएको छ ।

उनको निधनसँगै नियुक्त हुने नयाँ न्यायाधीशले अदालतको शक्ति सन्तुलनलाई कन्जरभेटिभतर्फ निर्णायक रूपमा परिवर्तन गर्न सक्ने विश्लेषण हुन थालेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  १० : ०७ बजे

पोखरामा भालिदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

गण्डकी– पोखरामा शुक्रबार र शनिबार चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता

रुसविरुद्ध युक्रेनले लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गरेको अमेरिकी दाबी

काठमाडौं – युक्रेनले रुसविरुद्ध लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न

इंग्लिस प्रिमियर लिग : एभर्टनसँग लिभरपुल स्तब्ध

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लिभरपुललाई हराएको छ ।

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम